उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले नागरिकलाई केन्द्रमा राखेर काम गर्दा कसैले पनि अप्ठ्यारो मान्नुपर्ने र निधार खुम्च्याउनु पर्ने अवस्था नरहेको बताए।
काठमाडौँ– उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकारको स्थिरतामा शंका नगर्न आग्रह गरेका छन्।
शनिबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले निश्चित कार्ययोजनासहित अघि बढेकाले सरकार स्थिर रहने दाबी गरे। “यो सरकारको स्थिरतामा कहीँ कतै शंका गर्नुपर्ने, के हुने हो भन्नुपर्ने अवस्था छैन। हामी निश्चित कार्ययोजनासहित अघि बढेका छौँ,” उनले भने।
उनले व्यापार, व्यवसायमा रहेका समस्याको समाधान गर्दै अघि बढ्न सरकार तयार रहेको बताए। उनले नागरिक र देशलाई केन्द्रबिन्दु राखेर काम गरिरहेको भन्दै आवश्यक ठाउँमा गर्नुपर्ने सुधारका लागि सरकार सदैव तयार रहेको उल्लेख गरे। उनले नागरिकलाई केन्द्रमा राखेर काम गर्दा कसैले पनि अप्ठ्यारो मान्नुपर्ने र निधार खुम्च्याउनु पर्ने अवस्था नरहेको बताए।
नागरिकलाई सुशासनको अनुभूति दिलाउनेसहित निश्चित मार्गचित्रसहित वर्तमान सरकार अघि बढेको उनको भनाइ थियो।
“अहिलेको अप्ठ्यारो परिस्थितिबाट मुलुकलाई माथि उठाउनका लागि मुलुकमा सुशासनको अनुभूति नागरिकलाई दिलाउन, भ्रष्टाचार, अनियमितता नियन्त्रण गर्न र मुलुकको आर्थिक अवस्थालाई माथि उठाउनका लागि सिंगो व्यवसायसँग जोडिएका संस्था व्यवसायीहरूलाई साथमा लिएर साझा उद्देश्यमा रूपान्तरण गरेर अघि बढ्ने निश्चित मार्गचित्रसहित वर्तमान सरकार अघि बढेको छ,” उनले भने।
उपप्रधानमन्त्री खड्काले राष्ट्र बैंकले ल्याएको चालु आर्थिक वर्षको मौद्रिक नीतिले व्यवसायीहरूका केही हदसम्मका समस्याहरू समाधान गरेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
