एमाले अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करीको सत्य बाहिर आउने डरका कारण सरकारले संसद्मा आफ्नो पार्टीलाई बोल्न नदिएको आरोप लगाएका छन्।
काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुन तस्करीको सत्य बाहिर आउने डरका कारण सरकारले संसद्मा आफ्नो पार्टीलाई बोल्न नदिएको आरोप लगाएका छन्।
कांग्रेस सांसद सुनील शर्मालाई सुन तस्करीबारे बोलेपछि सरकारले पक्राउ गरेको जिकिर गर्दै ओलीले आफ्नो पार्टीका सांसदहरूलाई पनि बोल्न नदिन कांग्रेस सांसदहरू संसद् बैठकमा उठ्न थालेको दाबी गरेका हुन्।
नेपाली कला साहित्य डट् कमले शुक्रबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकार आफैँ सो प्रकरणमा संलग्न रहेकाले उसले सत्य बाहिर आउने डरले यसबारे बोल्ने जो कोहीलाई पनि सांसद शर्मालाई जस्तै हतकडी लगाइदिने चेतावनी दिएको जिकिर गरे।
“सुनिल शर्मा, यो फेक सर्टिफिकेट हो भने यो दुई दिनमा बनाएको हो? यही दुई दिनमा सरकारको आलोचना गरेपछि बनाएको हो? अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा गर भनेपछि, यसमा कमजोरी देखियो भनेपछि, अनि दुई दिन बोल्ने बित्तिकै हतकडी। सुनिल शर्मा भागी हाल्छ त?” उनले भने।
अध्यक्ष ओलीले भारतले पनि सो सुन प्रकरणबारे गम्भीर प्रश्न उठाएको उल्लेख गर्दै त्यसको सत्य पत्ता लगाउने काममा आफ्नो पार्टी लागिपरेको बताए।
त्यस अवसरमा अध्यक्ष ओलीले आफूले जतिसुकै राम्रो काम गरे पनि हमला हुने गरेको गुनासो समेत गरे। राजनीति सबै नीतिको मूल नीति भएकाले आफूले सत्य उजागर गर्ने कुरालाई भने नछोड्ने उनको भनाइ थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
