काठमाडौँ जिल्ला अदालतले कांग्रेस सांसद सुनील शर्मालाई हिरासतमा नराखी अनुसन्धान गर्न आदेश दिएको छ।
काठमाडौँ– काठमाडौँ जिल्ला अदालतले नेपाली कांग्रेसका सांसद सुनील शर्मालाई हिरासतमा राखेर अनुसन्धानका लागि म्याद थप गर्न अस्वीकार गरेको छ। शुक्रबार न्यायाधीश दण्डपाणि शर्माको एकल इजलासले शर्मालाई थुनामुक्त गरेर अनुसन्धान गर्न आदेश दिएको हो।
नक्कली शैक्षिक प्रमाणपत्रको कसुरमा सांसद शर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बिहीबार अपराह्न गोल्फुटारस्थित निवासबाटै पक्राउ गरेको थियो। उनलाई म्याद थपका लागि शुक्रबार काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको थियो।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँका प्रमुख, सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले शर्माउपर पुरानो मुद्दा रहेकाले अनुसन्धानका लागि हिरासतमा राख्नु नपर्ने आदेश अदालतबाट आएको बताए।
सीआईबीले आईएस्सीको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरीका आधारमा उनलाई पक्राउ गरिएको जनाएको छ। अदालतको आदेशपछि सीआईबीले हिरासतमुक्त गरेर शर्मामाथि अनुसन्धान गर्ने भएको छ।
नक्कली शैक्षिक प्रमाणपत्र बनाउने विरुद्ध सीआईबीले थालेको अपरेसनका क्रममा बिहीबार र शुक्रबार गरी शर्मासहित आठ जना पक्राउ गरेको थियो। शर्मालाई हिरासतमा राख्न अस्वीकार गरे पनि अदालतले अन्य सात जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
