विश्वकप फुटबलको इतिहासमा नेदरल्यान्ड्स यस्तो टोली हो, जसले तीन पटक फाइनल खेलेर पनि उपाधि जित्न सकेको छैन। तर हरेकपटक उसलाई दाबेदार टोलीको रूपमा लिइन्छ।
काठमाडौँ– विश्वकप फुटबलको इतिहासमा नेदरल्यान्ड्स यस्तो टोली हो, जसले तीन पटक फाइनल खेलेर पनि उपाधि जित्न सकेको छैन।
सन् १९३० मा विश्वकप प्रतियोगिता सुरु भएदेखि नै नेदरल्यान्ड्स अप्रत्याशित नतिजा निकाल्ने टोली बनेको थियो। पहिलो पटक नेदरल्यान्ड्स छनोट हुन सकेको थिएन। सन् १९३४ र १९३८ को विश्वकपमा ‘राउन्ड अफ १६’ सम्म स्थान बनायो।
१९३४ मा स्वीट्ल्यान्ड्ससँग ३–२ ले पराजित भएको नेदरल्यान्ड्सले त्यसको चार वर्षपछि चेकोस्लोभाकियासँग ३–०ले पराजित हुँदै सेमिफाइनलमा पुग्ने अवसर गुमायो। त्यसपछि लगातार ६ संस्करणमा छनोट हुन सकेन। सन् १९७४ मा विश्वकपमा फर्किएको नेदरल्यान्ड्सले सनसनी नै मच्चायो।
सन् १९७१, १९७३ र १९७४ मा बलोन डी’ओर जितेका हेन्ड्रिक जोहान्नेस क्राइफको कप्तानीमा रहेको नेदरल्यान्ड्सले सो विश्वकप जित्ने धेरैको अनुमान थियो। राइनस मिचेल्सले थालेको फुटबलको चर्चित शैली ‘टोटल फुटबल’का उत्प्रेरक क्राइफलाई उत्कृष्ट फुटबलरका रूपमा लिइन्थ्यो।
क्लब स्तरमा क्राइफले अज्याक्सबाट ८ डच लिग र ३ युरोपियन कप जिताउन ठूलो भूमिका निभाएका थिए। सन् १९७३ मा किर्तिमानी स्थानान्तरण रकमका साथ क्याटलान क्लब बार्सिलोना गएका उनले पहिलो सिजनमै ला लिगा जिताएका थिए।

१९७४ विश्वकपमा टिमलाई पहिलोपटक विश्वकप फाइनल पुर्याए। तर, जर्मनीले २–१ ले खेल जित्दै उपाधि कब्जा गरेको थियो। त्यस संस्करणको उत्कृष्ट खेलाडीका रूपमा उनले गोल्डेन बल प्राप्त गरे।
त्यसलगत्तै भएको सन् १९७८ को विश्वकपमा पनि नेदरल्यान्ड्स फाइनल पुग्न सफल भयो। तर, अर्जेन्टिनासँग ३–१ गोलले स्तब्ध भयो। सन् १९८२ र १९८६ को दुई संस्करणमा भने नेदरल्यान्ड्स छनोट हुन सकेन। ९० को दशकमा उत्कृष्ठ लयमा फर्किएको नेदरल्यान्ड्स लगातार ४ संस्करणसम्म नकआउट चरणबाटै घर फर्कन बाध्य भयो।
पछिल्लोपटक सन् २०१० मा फाइनलमा फाइनल खेलको थियो। तर, स्पेनले १–० ले स्तब्ध बनायो । उत्कृष्ट प्रदर्शनका साथ उपाधि दाबेदार हुँदाहुँदै सधैँ 'दुर्भाग्य'को सिकार भएको टोली यसपालि उपाधि जित्ने लक्ष्यमा छ। त्यो लक्ष्यलाई पूरा गर्ने अभियानमा छन्, प्रशिक्षक लुइस भान गाल।
७१ वर्षीय भान गाल २०२१ अगस्टमा आफ्नो सन्यास फिर्ता लिँदै तेस्रो पटक नेदरल्यान्ड्सको प्रशिक्षक बनेका हुन्। युरोकप २०२० को अन्तिम १६ मा चेक रिपब्लिकसँग पराजित हुँदै बाहिरिएपछि डच प्रशिक्षक फान्क डे बोरले राजीनामा दिएका थिए।

सन् १९९० को दशकमा युवा अयाक्स टोलीलाई स्थापित गर्दै उदाएका उनले त्यसपछि बार्सिलोनालाई लगातार ला लिगा जिताएका थिए। भान गालकै प्रशिक्षणप्राप्त नेदरल्यान्ड्स २००२ को विश्वकपमा छनोट हुन असफल भयो। त्यसपछि राजीनामा दिएका उनले दोस्रो कार्यकालमा नेदरल्यान्ड्सलाई २०१४ को विश्वकपमा सेमिफाइनल पुर्याएका थिए। उनले बायर्न म्युनिख, म्यानचेस्टर युनाइटेड र डच क्लब एजेड अल्कमारसहितका टोलीलाई हेरेका थिए।
डच टोलीसँग विश्वस्तरीय खेलाडी छन्। भर्जिल भ्यान डाइक, मेम्फिस डेपे, फ्रान्की डे जोङ, स्टेफन डे भ्रिज, डेली ब्लिन्ड, म्याथिज्स डे लिग्ट। तर, उनीहरुमा केही चिन्ता छ। विश्वकै उत्कृष्ट सेन्टर ब्याक घोषित भ्यान डाइकले देशका लागि कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छैनन्। उनले चोटका कारण युरोकप २०२० गुमाएका थिए।
२०१४ को विश्वकपमा डच टोलीलाई तेस्रो बनाउन महत्त्वपूर्ण भूमिका खेलेका फरवार्ड डिपे पछिल्लो समय बार्सिलोनाको बेन्चमा सीमित छन्। भाग गालले पहिले नै भनेका थिए, "म त्यस्ता खेलाडीलाई छनोट गर्छु, जो खेलको समयमा मैदानमा देखिन्छन्।" भान गालले ३९ सदस्यीय सम्भावित टोलीबाट २६ सदस्यीय टोली छनोट गर्दा डिपेले कतारको टिकट पाउँछन् कि पाउँदैनन् त्यो भने हेर्न बाँकी छ।
गालले टोलीको जिम्मेवारी सम्हालेयता नेदरल्यान्ड्स पछिल्ला १५ अन्तर्राष्ट्रिय खेलमा अपराजित रेकर्डका साथ उच्च उडान गरिरहेको छ। टोलीले १५ खेलमा ११ जित र चार बराबरी खेलेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
