रास्वपा सभापति रवि लामिछानेले संसद्को कामकारबाही नचल्दाको सेवासुविधा नपाउने व्यवस्था गर्न संघीय संसद् सचिवालयसमक्ष अनुरोध गरिएको बताएका छन्।
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद्का कामकारबाहीमा सहभागी नहुँदाको सेवासुविधा नलिने घोषणा गरेको छ। शुक्रबारको प्रतिनिधिसभा बैठकपछि संसद् भवनमा पत्रकारहरूसँग बोल्दै रास्वपा सभापति रवि लामिछानेले संसद् नचल्दाको सेवासुविधा नपाउने व्यवस्था गर्न संघीय संसद् सचिवालयसमक्ष अनुरोध गरिएको बताएका छन्।
“संसद् नचलेको अवस्थामा हामीले हाजिरी मात्र गरेर तलब सुविधा लिन हुँदैन भन्ने सोचेर हाम्रो दलका तर्फबाट, हाम्रा सबै माननीय सांसदले संसद् नचलेको दिनको सेवा सुविधा नलिने र त्यो नलिने व्यवस्था मिलाइदिनका लागि हामीले अनुरोध गरेका छौँ,” उनले भने।
उनले आफ्नो पार्टीका सांसदले काम नगरेका दिनमा र बैठकमा सहभागी नभएका बेलाको सेवा सुविधा लिन हुँदैन भन्ने आफूहरूको चाहना रहेको बताए। “नेपाली जनताको रगत पसिना बगाएर कमाएको करबाट आएको पैसाबाट हामीलाई तलब सुविधा आउने हो। नेपाली जनताका लागि केही गर्नै नपाउँदाका त्यस्तो पैसा लिनु भनेको एक किसिमले अत्यन्त अप्ठ्यारो परिस्थिति हो। हामीलाई स्वीकार्य छैन,” उनले भने।
त्यस्तै, उनले आफ्नो पार्टीले सदन सुचारु गर्ने सभामुख देवराज घिमिरेलाई औपचारिक पत्र लेखेर अनुरोध गरेको जानकारी दिए। उनले सत्ता पक्ष र प्रमुख प्रतिपक्षबीचको सय किलो सुन बरामद प्रकरणमा उच्च स्तरीय छानबिन समितिको विषयलाई लिएर भइरहेको खिचातानी अन्त्य गर्नका लागि पहलकदमी उठाउन अनुरोध गरिएको पनि बताए।
“सभामुखलाई दलका तर्फबाट दलको नेताका तर्फबाट मैले प्रतिनिधिसभा सुचारु गर्नका निम्ति लोकतान्त्रिक विधि अपनाएर संसदीय अभ्यासमा रहेर औपचारिक रूपमा पत्र दियौँ। त्यो पत्रमा संसद्को कामकारबाही निरन्तर रूपमा अगाडि बढोस्। जनताका अत्यन्तै महत्त्वपूर्ण विषयहरूमा कुराकानी गर्नुपर्ने छ। सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलबीचको खिचातानी, छानबिन समितिका विषय लिएर देखिएको मतभेद अन्त्य गरियोस् भनेर औपचारिक रूपमा पत्र दिएका छौँ,” उनले भने।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
