वृत्तचित्रमा जलवायु परिवर्तनले हिमालय क्षेत्रका महिला र बालबालिकामा पारेको असरलाई प्राथमिकताका साथ उठाइएकाे छ।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसीसीसी) पक्ष राष्ट्रको २७औँ सम्मेलन (कोप-२७)मा नेपालमा जलवायु परिवर्तनले गरेकाे क्षतिसम्बन्धी वृत्तचित्र प्रदर्शन गरिएको छ।
बुधबार ग्रामीण पुनः निर्माण नेपाल र दिगो विकास इन्स्टिच्युटले आयोजना गरेको साइड इभेन्टमा ‘साथसाथै फाण्डेसन’ले निर्माण गरेको सो वृत्तचित्र प्रदर्शन गरिएको हो। ‘जलवायु वित्तमा महिला सहकारीको भूमिका’ विषयक कार्यक्रममा प्रदर्शन गरिएको वृतचित्रमा हिमालय क्षेत्रमा जलवायु परिवर्तनले महिला र बालबालिकामा पारेको असरबारेमा चित्रण गरिएको छ।
वृत्तचित्रमार्फत ‘कालापत्थर घोषणापत्र’ कार्यान्वयनका लागि सरोकारवालाको ध्यानाकर्षण गराएको फाउण्डेसनका अध्यक्ष प्रजिता कार्कीले जानकारी दिइन्। फाण्डेसनको आयोजनामा अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा नेपालका विभिन्न क्षेत्रका ४० अगुवा महिलाको समूहले सगरमाथाको कालापत्थरमा कार्यक्रम गरेर सो घोषणापत्र जारी गरेको थियो।
‘वुमन्स भ्वाइस फ्रम द हिमालयाज’ शीर्षकको वृत्तचित्रमा नेपालका उच्च हिमालय, मध्य पहाडदेखि तराईमा जलवायु परिवर्तनको असरले गरेकाे क्षति र त्यसले महिलाको जनजीवनमा पारेको प्रभाव समेटिएको छ। सगरमाथासहितका हिमालमा हिउँको कमी हुँदै गएको, हिमनदी पग्लिने क्रम बढेको, पहाडी क्षेत्रमा बढ्दो बाढी पहिरो र त्यसबाट हुने क्षति, तराईमा बेमौसमी वर्षाले जनधन र अन्नबालीमा पुगेकाे क्षतिलगायत विषय पनि समेटिएका छन्।
यसैगरी सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रमा बाढी पहिरोको दर्दनाक दृश्यदेखि डोल्पामा यसैवर्ष विपद्ले पुर्याएको क्षतिसमेत वृत्तचित्रमा देखाइएकाे छ। कार्बन उत्सर्जनमा नगन्य योगदान भए पनि नेपाल जलवायु परिवर्तनको क्षतिबाट सबैभन्दा बढी प्रभावित मुलुकको सूचीमा छ।
कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाका जलवायु सल्लाहकार डा. माधव कार्की, एलडीसी वाचका अर्जुन कार्की, एपीएमडीडीका लिडी नेक्पील, दिगो विकास इन्स्टिच्युटका आरती पौडेललगायतले जलवायु परिवर्तनका असरले महिलाको जनजीवनमा पारेको प्रभाव र त्यसको समाधानमा अपनाउनुपर्ने विषयका बारेमा धारणा राखेका थिए।
मंसिर २ गतेसम्म चल्ने सम्मेलन इजिप्टको शार्म एल-शेखमा आइतबारदेखि प्रारम्भ भएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
