आजकाे मौसम : हल्का वर्षा र हिमपातको सम्भावना

आज सुदूरपश्चिम र कर्णालीका पहाडी क्षेत्रमा चट्याङसहित  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा माैसम विज्ञान विभागको अनुमान छ ।

काठमाडौँ– हाल देशका पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको छ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

दिउँसो पहाडी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम र कर्णालीका पहाडी क्षेत्रका थोरै स्थानमा भने मेघ गर्जन/चट्याङसहित  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागको अनुमान छ।

बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। यस्तै हिमाली भेगमा हल्का देखि मध्यम हिमपातको समेत सम्भावना रहेको विभागले जनाएको छ।