सांसद शर्मा पक्राउबारे सभामुख घिमिरेलाई अहिलेसम्म कुनै जानकारी नदिइएको उनको सचिवालयले जनाएको छ।
काठमाडौँ– नेपाली कांग्रेसका सांसद एवं मेडिकल कलेज सञ्चालक सुनिल शर्मा पक्राउबारे प्रहरीले सभामुख देवराज घिमिरेलाई औपचारिक रूपमा जानकारी नगराएको उनको सचिवालयले जनाएको छ।
शैक्षिक प्रमाणपत्र किर्ते कसुरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले कांग्रेस सांसद शर्मा बिहीबार अपराह्न पक्राउ गरेको छ। शर्मालाई गल्फुटारस्थित निवासबाट अपराह्न पौने ४ बजे सीआईबीको टोलीले पक्राउ गरेको हो।
सांसद शर्मा पक्राउबारे सभामुख घिमिरेलाई अहिलेसम्म कुनै जानकारी नदिइएको उनको सचिवालयले जनाएको छ। सांसद पक्राउ परेको सूचना सभामुखलाई दिनुपर्ने व्यवस्था र अभ्यास छ।
नेपालको संविधानको धारा १०३ मा व्यवस्था गरिएको विशेषाधिकारको नम्बरमा ६ मा भनिएको छ “संघीय संसद्को कुनै पनि सदस्यलाई अधिवेशन बोलाइएको सूचना जारी भएपछि अधिवेशन अन्त्य नभएसम्मको अवधिभर पक्राउ गरिने छैन। तर कुनै फौजदारी अभियोगमा कुनै सदस्यलाई संघीय कानूनबमोजिम पक्राउ गर्न यस उपधाराले बाधा पुर्याएको मानिने छैन। त्यसरी कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनु पर्नेछ।”
शैक्षिक प्रमाणपत्र छानबिनका लागि सांसद शर्मालाई नियन्त्रणमा लिइएको प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिएका छन्। सीआईबी स्रोतका अनुसार शर्मासँग नक्कली शैक्षिक प्रमाणपत्र रहेकाे भनेर सीआईबीले पहिलेदेखि अनुसन्धान भइहरेको थियो।
शर्मा मोरङ–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। शर्मा नोबेल मेडिकल कलेज र काठमाडौँ मेडिकल कलेजका सञ्चालकसमेत हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
