गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणले राष्ट्रको प्रतिष्ठा र छविमा नकारात्मक असर पुर्याएको भन्दै दोषीलाई कारबाहीको दायरामा ल्याउने आफ्नो पहिलो कार्यभार रहेको बताएका छन्।
काठमाडौँ– उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणले राष्ट्रको प्रतिष्ठा र छविमा नकारात्मक असर पुर्याएको बताएका छन्। उनले मंगलबार प्रतिनिधिसभा बैठकमा उनले साउन २ गते त्रिभुवन विमानस्थलबाट बरामद सुन प्रकरणले देशको छविमा नकारात्मक असर पुर्याएको बताएका हुन्।
“साउन २ गते राजस्व अनुसन्धान विभागको टोलीले सुन बरामद गरेको थियो। त्यसपछि अनुसन्धानको प्रक्रिया अगाडि बढ्यो। साउन २१ गते यो ट्रान्सन्यासनलसहित संगठित अपराध हो त्यस कारणले राजस्व अनुसन्धानले मात्र अनुसन्धान गर्ने विषय होइन भनेर यसलाई सीआईबीले त्यो केस हेन्डेल गर्ने काम गरिरहेको छ,” उनले भने, “यो प्रकरणले हाम्रो देशको प्रतिष्ठा र छविमा साह्रै नकारात्मक असर पुर्याएको छ। यसले हाम्रो राजस्वमा नकारात्मक असर पुर्याएको छ। यसले हाम्रो हाम्रो अर्थतन्त्रमा समस्या पैदा गरेको छ।”
उनले सुन तस्करी प्रकरणले हुन्डीको समस्या बढाएको, संगठित अपराधलाई बढाउनुका साथै राष्ट्रको सुरक्षा संवेदनशीलतालाई चुनौती थपेको बताए। सन तस्करी प्रकरणले देशको मात्र नभई छिमेकी देशको अर्थतन्त्रमा समेत असर पुर्याएको विश्लेषण आफूले सुन्दै आएको समेत बताए।
उनले सुन तस्करी प्रकरणलाई निष्कर्षमा पुर्याएर दोषीलाई कारबाहीको दायरामा ल्याउनु आफ्नो पहिलो कार्यभार रहेको उल्लेख गर्दै यसमा यताउता नहुने प्रस्ट पारे। उनले आफ्नो दोस्रो कार्यभारको रूपमा यस्ता प्रकारका गतिविधि पुनः नहुन भनेर अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा र व्यवस्थापनलाई पुनरावलोकन गर्दै त्यसलाई सुरक्षित पार्ने नीति, निर्णय र कार्यान्वयन विकास गर्नु रहेको बताए।
“तत्कालका लागि यो घटनालाई छानबिन गरेर हरहाल दोषी, अपराधी, तस्करहरूलाई कानूनको दायरामा ल्याइछाड्न, कारबाही गरिछाड्न त्यसमा सम्पूर्ण ध्यान केन्द्रित गरेका गर्छौं,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
