मकवानपुरमा एकै परिवारका ६ जना पहिरोले बगायो, १ को मृत्यु

मकवानपुरको बागमती गाउँपालिका–५ सिक्रेदोभानमा गएको पहिरोले एकै परिवारका ६ जनालाई बगाएको छ। त्यसमध्ये एक जनाको मृत्यु भएको छ।

फाइल तस्वीर

काठमाडौँ– मकवानपुरको बागमती गाउँपालिका–५ सिक्रेदोभानमा पहिरोले बगाएर एक जनाको मृत्यु भएको छ। पाँच जना बेपत्ता भएका छन्।

वडाध्यक्ष विजयकुमार भ्लोनका अनुसार गएरातिको पहिरोमा परेर घरमा सुतिरहेका एकै परिवारका ६ जनालाई पहिरोले बताएको थियो। त्यसमध्ये सञ्चमाया स्याङ्तानलाई स्थानीयले खोजी गर्ने क्रममा घाइते अवस्थामा भेटेका थिए।

उनको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो। बेपत्ताको खोजी भइरहेको र उनीहरूको परिचय खुल्न बाँकी रहेको वडाध्यक्ष भ्लोनले बताए।

“वर्षा रोकिएको छैन। बेपत्ताको खोजी गर्न कठिनाइ भइरहेको छ,” उनले भने, “अरू केही घर पनि जोखिममा छन्।”