करिब चार दशक सत्तामा रहेका कम्बोडियाली नेता हुन सेनले प्रधानमन्त्री पद त्याग गरेका छन्। उनले आफ्नै छोरा हुन मानेटलाई नयाँ प्रधानमन्त्री नियुक्त गराएका छन्।
करिब चार दशक शासन गरेका कम्बोडियाली नेता हुन सेनले सत्ता हस्तान्तरणको घोषणा गरेसँगै उनका छोरा हुन मानेटलाई सोमबार राजा नोरोदोम सिहामोनीले कम्बोडियाको नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन्।
गत जुलाईमा भएको चुनावमा ‘शानदार जित’ हासिल गरेको केही दिनपछि विश्वका सबैभन्दा लामो समयसम्म सत्तामा रहेका नेता हुन सेनले प्रधानमन्त्री पदबाट राजीनामा दिएर जेठा छोरालाई सत्ता हस्तान्तरण गर्ने घोषणा गरेका थिए। सत्तारुढ कम्बोडियाली पिपुल्स पार्टी (सीपीपी) ले १२५ सदस्यीय तल्लो सदनमा पाँच सिटबाहेक सबै सिट जितेका थियो।
तर मुख्य विपक्षी प्रतिद्वन्द्वी क्यान्डल लाइट पार्टीलाई प्राविधिक रुपमा प्रतिस्पर्धा गर्नबाट व्यापक रूपमा रोकेपछि यो निर्वाचनलाई ढोंगको रूपमा आलोचना गरिएको थियो। संयुक्त राज्य अमेरिका, संयुक्त राष्ट्रसंघ र युरोपियन युनियनले गत महिना भएको निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष नभएको जनाएका छन् ।
हुन सेनको अनुरोधपछि राजा सिहामोनीले सोमबार एक शाही आदेश जारी गर्दै ‘संसदको सातौँ म्यान्डेटका लागि कम्बोडिया अधिराज्यको प्रधानमन्त्रीको रूपमा डा हुन मानेटलाई नियुक्त गरेको’ उल्लेख गरेका छन्। यद्यपि, औपचारिक रूपमा देशको अर्को नेता बन्नका लागि ४५ वर्षीय हुन मानेट र उनको क्याबिनेटले अगस्ट २२ का लागि तय गरिएको संसद् बैठकमा विश्वासको मत प्राप्त गर्नुपर्नेछ। उनले विश्वासको मत पाउने निश्चित छ।
आगामी सरकारले युवा मन्त्रीहरूलाई प्राथमिकता दिने बताइएको छ। को एउटा समूहलाई ल्याउनेछ । हुन सेनले आफ्नो छोराको शासनमा हस्तक्षेप नगर्ने, तर देशको राजनीतिमा आफ्नो प्रभावलाई नत्याग्ने बताएका छन्।
सन् १९८५ मा सत्तामा आएपछि हुन सेनले गृहयुद्ध र नरसंहारबाट तहसनहस भएको देशलाई आधुनिकीकरण गर्न मद्दत गरेका थिए। यद्यपि, उनको शासनमा वातावरणीय विनाश, व्याप्त भ्रष्टाचार र लगभग सबै राजनीतिक प्रतिद्वन्द्वीहरूलाई दबाइएको आलोचकहरूले बताउने गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
