नियमित समयमा मेस्सीको २ गोलसँगै मियामी र डालासले ४-४ गोलको बराबरी खेलेका थिए। तर पेनाल्टी सुटआउटमा विजयी हुँदै मियामी क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
काठमाडौँ- एफसी डालासलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इन्टर मियामी एमएलएस लिग कपको क्वार्टरफाइनलमा पुगेको छ। सोमबार बिहान सम्पन्न खेलमा पेनाल्टी सुटआउटमा डालासलाई ५-३ गोलअन्तरले पराजित गर्दै मियामी क्वार्टरफाइनलमा पुगेको हो।
जितसँगै मियामीले क्वार्टरफाइनलमा हस्टन एफसी र चार्लोट एफसीबीचको विजेतासँग खेल्ने भएको छ। यो खेल अगस्ट १२ मा हुनेछ। मियामीलाई क्वार्टरफाइनलमा पुर्याउन लिओनल मेस्सीले निर्णायक भूमिका खेले।
निर्धारित ९० मिनेटको खेलमा दुवै टिमबाट ४-४ गोल भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। पेनाल्टीमा मियामीका लागि मेस्सी, सर्जियो बुस्केट्स, लियोनार्डो क्याम्पाना, कमल मिलर र बेन्जामिन क्रेमास्चीले गोल गरे। डालासका लागि पाउल एरिओरा, फकुन्डो क्विगन र जिसस फरेराले गोल गरे। तर, प्याक्सटन पोमिकल भने चुके।
त्यसअघि खेलको छैटौँ मिनेटमै मेस्सीले मियामीलाई अग्रता दिलाएका थिए। तर, ३७औँ मिनेटमा फकुन्डो क्विगनले गोल गर्दै डालासलाई खेलमा फर्काए। पहिलो हाफको इन्ज्युरी समयमा बर्नार्ड कामुन्गोले गोल गर्दै डालासलाई अग्रता दिलाए।
६३औँ मिनेटमा एलन भेलास्कोले गोल गर्दा डालासले खेलमा ३-१ गोलअन्तरको अग्रता लिएको थियो। तर, त्यसको दुई मिनेटपछि नै बेन्जामिन क्रेमास्चीले गोल गर्दै खेल ३-२ गोलअन्तरमा ल्याए। ६८औँ मिनेटमा रोबर्ट टाइलरले आत्मघाती गोल गर्दा डालासले अग्रता ४-२ मा पुर्यायो। तर, ८०औँ मिनेटमा मार्को फारफनले आत्मघाती गोल गर्दा मियामी ४-३ को अवस्थामा फर्कियो।
खेल सकिन पाँच मिनेट बाँकी छँदा मेस्सीले फ्रिकिकबाट गोल गर्दै मियामीलाई खेलमा फर्काए। मियामीमा मेस्सीको चौथो खेलमा यो सातौँ गोल हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
