मोन्टरियल टाइगर्सलाई अन्तिम ओभरमा जितका लागि १५ रन चाहिएको अवस्थामा शेर्फान रदरफोर्डले लगातार तीन छक्का हान्दै खेल जिताएका थिए। दीपेन्द्रसिंह ऐरीले २५ रनको योगदान दिए।
काठमाडौँ– ग्लोबल टि–२० क्यानडाको दोस्रो क्वालिफायरमा मोन्टरियल टाइगर्सले भ्यानकुभेर नाइट्समाथि एक विकेटको रोमाञ्चक जित हात पार्दै फाइनलमा स्थान बनाएको छ।
नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित टाइगर्सले अब उपाधिका लागि आइतबार राति नेपाली टोलीका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित सर्रे जागुअर्ससँग खेल्नेछ।
गएराति भएको खेलमा जितका लागि पाएको १३८ रनको लक्ष्य टाइगर्सले १९.३ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो। टाइगर्सलाई अन्तिम ओभरमा जितका लागि १५ रन चाहिएको थियो।
शेर्फान रदरफोर्डले लगातार तीन छक्का हान्दै खेल जिताएका थिए। ३४ बलमा २ चौका र ३ छक्का प्रहार गरेका उनी ४८ रनमा अविजित रहे। दीपेन्द्रसिंह ऐरीले २५ रनको योगदान दिए। उनले २८ बलमा २ चौका प्रहार गरेका थिए।

नाइट्सका जुनैद सिद्दिकले ४ तथा फबिएन एलेन र कब्रिन बोसले समान २ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रिएको नाइट्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३७ रन बनाएको थियो।
उसका मोहम्मद रिजवानले सर्वाधसक ३९ रनको योगदान दिए। उनले ३३ बलमा २ चौका र १ छक्का प्रहार गरे। कब्रिन बोसले ३६ तथा हर्ष ठाकेरले २६ रन बताए।
टाइगर्सका अब्बास अफिदीले ह्याट्रिकसहित ५ विकेट लिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
