सुडानमा डेढ लाख बालबालिकालाई मानवीय सहयोग आवश्यक: युनिसेफ

सुडानमा दुई करोडभन्दा बढी मानिसले गम्भीर भोकमरीको सामना गरिरहेका छन्। जुन संख्या गत वर्षको तुलनामा झन्डै दोब्बर हो। 

तस्वीर: रोयटर्स

सुडानमा एक करोड ४०  हजार बालबालिकालाई मानवीय सहयोगको आवश्यकता रहेको संयुक्त राष्ट्रसंघीय बाल संगठन (युनिसेफ)ले जनाएको छ। 

जारी द्वन्द्वले भोकमरीको संकटलाई थप गहिरो बनाएको युनिसेफको भनाइ छ। सुडानका १७ लाखभन्दा बढी बालबालिका भोक, रोग, हिंसा र परिवार पृथकताको जोखिमको सामना गर्दै घरबाट विस्थापित भएका छन्। यो पछिल्लो संकट अघि सुडानमा विस्थापित भएका १९ लाख बालबालिकाको अतिरिक्त संख्या हो। 

“पाँच वर्ष मुनिका ३० लाख बालबालिका कुपोषित छन् भने ७ लाख गम्भीर कुपोषण र मृत्युको जोखिममा छन्। एक वर्ष मुनिका १७ लाख बालबालिका महत्त्वपूर्ण खोपबाट वञ्चित छन्,” युनिसेफले भनेको छ, "द्वन्द्व  शुरू भएयता सुडानमा ४३५ बालबालिका मारिएको र दुई हजार २५ जना घाइते भएका छन्। 

समाचार संस्था सीएनएनका अनुसार सुडानमा दुई करोडभन्दा बढी मानिसले गम्भीर भोकमरीको सामना गरिरहेका छन्। जुन संख्या गत वर्षको तुलनामा झन्डै दोब्बर हो। 

यहँ अप्रिल १५ मा सेना र र्‍यापिड सपोर्ट फोर्सबीच युद्ध शुरू भएको थियो। यस द्वन्द्वले गर्दा करिब ३५ लाख मानिस आफ्नो घर छाड्न बाध्य भएका छन्।