दोस्रो क्वालिफायरमा टाइगर्स र नाइट्सबीच शनिबार राति प्रतिस्पर्धा हुनेछ। उक्त खेलको विजेताले उपाधिका लागि आइतबार सर्रेसँग खेल्नेछ।
काठमाडौँ– ग्लोबल टी–२० क्यानडाको पहिलो एलिमिनेटर खेलमा नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्टरिएल टाइगर्सले ब्राम्पटन वल्भ्सलाई पराजित गरेको छ।
ऐरीको उत्कृको उत्कृष्ट फिल्डिङमा वल्भ्सलाई ९ विकेटले हराउँदै टाइगर्स दोस्रो क्वालिफायरमा पुगेको हो। जितका लागि पाएको १०५ रनको लक्ष्य टाइगर्सले १४.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो टाइगर्सको जितमा कप्तान क्रिस लिन ६३ रनमा अविजित रहे।
उनले ४७ बलमा ७ चौका र ३ छक्का प्रहार गरे। मोहम्मद वासिमले २३ रन बनाए। श्रीमन्था विजयरत्नेले अविजित १५ रन बताए। त्यसअघि टस हारेर पहिले ब्याटङको निम्तो पाएको वल्भ्सले निर्धारित २० ओभरमा १०४ रन बनाएको थियो। उसका आरोन जोनसनले सर्वाधिक ३१ रन बनाए।
दीपेन्द्रले १ ओभरमा ६ रन खर्चेर १ विकेट लिए। दीपेन्द्रले न्युजिल्यान्डका स्टार ब्याटर मार्क च्यापम्यानलाई ११ रनमा बोल्ड आउट गरेका थिए। उनले फिल्डिङमा दुई रनआउट र एक क्याच लिएपछि जित सहज बनेको थियो।

उता, पहिलो क्वालिफायरमा सन्दीप लामिछाने सम्मिलित सर्रे जागुअर्स फाइनल प्रवेश गरेको छ। भ्यानकुभेर नाइट्सलाई ३८ रनले हराउँदै सर्रे उपाधि नजिक पुगेको हो।
जितका लागि १४० रनको लक्ष्य पछ्याएको नाइट्स १६.४ ओभरमा १०१ रनमा अलआउट भयो। नाइट्सका फबिएन एलेनले सर्वाधिक २७ रनको योगदान दिए।
सर्रेका म्याथ्यु फोर्डले ४ विकेट लिए। सन्दीपका नाममा १ विकेट रह्यो।
त्यसअघि टस हारेर पहिले ला ब्याटिङ गरेको सर्रेले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन बनाएको थियो। सर्रेका कप्तान इफ्तिखर अहमदले सर्वाधिक ३६ रनको योगदान दिए।
नाइट्सका जुनैद सिद्दिकले ४ ओभरमा २२ रन खर्चेर ४ विकेट लिए।
दोस्रो क्वालिफायरमा टाइगर्स र नाइट्सबीच शनिबार राति प्रतिस्पर्धा हुनेछ। उक्त खेलको विजेताले उपाधिका लागि आइतबार सर्रेसँग खेल्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
