देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र गण्डकीमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
काठमाडौँ– नेपालमा मनसुनी वायुको प्रभावका साथै झारखण्ड आसपास रहेको वायुको आंशिक प्रभाव रहेको छ।
मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तर र पूर्वतिर सरदर स्थान आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जसका कारण देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र गण्डकीमा हल्का वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।
कोशी, कर्णाली, लुम्बिनी, मधेश र सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती र गण्डकीका एक–दुई स्थानमा भने मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने महाशाखाले जनाएको छ।
यस्तै, कोशीको तराई भूभाग तथा मधेश प्रदेशमा हावाहुरीसमेत चल्ने सम्भावना छ।
गण्डकी प्रदेशका एकदुई स्थानमा राति पनि भारी वर्षा हुने महाशाखाले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
