महिला, दलित, युवा र पुराना नेताहरूलाई केन्द्रीय समितिमा समेट्न लागिएको माओवादीले जनाएको छ। यसका लागि बुधबार नै विधान संशोधन गर्ने तयारी गरेको छ।
काठमाडौँ– माओवादी केन्द्रले केन्द्रीय समिति विस्तार गर्ने भएको छ। पार्टी मुख्यालय पेरिसडाँडामा बुधबार बिहान बसेको स्थायी समिति बैठकले केन्द्रीय सदस्य थप्ने निर्णय गरेको हो।
विधान संशोधन गरेर केन्द्रीय समिति विस्तार गरिने निर्णय भएको माओवादी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। महिला, दलित, युवा र पुराना नेताहरूलाई केन्द्रीय समितिमा समेट्न लागिएको उनको भनाइ छ।
“को–को ल्याउने भन्ने टुंगिएको छैन,” उनले भने, “समितिलाई थप समावेशी बनाउन लागेका हौँ।” माओवादीले यसका लागि बुधबार नै विधान संशोधन गर्ने तयारी गरेको छ। विधान संशोधनपछि मात्रै नयाँ सदस्यले केन्द्रीय समिति बैठकमा सहभागिता जनाउन पाउनेछन्।
अहिले माओवादीको केन्द्रीय समिति ५८३ सदस्यीय छ। यसमा ३८५ पूर्ण र १९८ वैकल्पिक केन्द्रीय सदस्य छन्। यसैबीच, बैठकले बुधबार दिउँसो १ बजेदेखि बस्ने केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण नगर्ने निर्णय गरेको छ।
बैठक कमलादीस्थित प्रज्ञा भवनमा बस्दैछ। केही दिनअघि पदाधिकारीको बैठकले बैठक प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेको भए पनि स्थायी कमिटी बैठकले सो निर्णय उल्ट्याएको हो।
केन्द्रीय समिति बैठकको पहिलो दिन अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन पेस गर्ने र केही नेताहरूले बोल्ने महराले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
