यो खेलमा सन्दीप विकेटविहीन बने। उनले ३ ओभर बलिङ गर्दै २५ रन दिएका थिए।
काठमाडौँ– ग्लोबल टी२० क्यानडामा सन्दीप लामिछाने आबद्ध सर्रे जगुवार्स विजयी भएको छ।
गएराति सम्पन्न खेलमा सर्रेले ब्राम्पटन वुल्भ्स्विरुद्ध ६ विकेटको जित हात पारेको हो।
टस हारेर पहिले ब्याटिङमा उत्रिएको ब्राम्पटनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२८ रन बनाएको थियो।
ब्राम्पटनका कोलिन डी ग्रान्डहोमले सर्वाधिक ३४ रन बनाए। उनले ३४ बरलमा ३ चौका प्रहार गरेका थिए। यस्तै, आरोन जोनसन, मार्क च्यापमान र नितिश कुमारले समान १४/१४ रन बनाए।
सर्रेका अमर खलिद, म्याथ्यु फोड र आयान खानले समान २/२ विकेट लिए। इफ्तिखर अहमेद र जोनसनका नाममा १/१ विकेट रह्यो। ३ ओभर बलिङ गर्दै २५ रन दिएका सन्दीपले भने विकेट लिन सकेनन्।
१२९ रनको विजयी पछ्याएको सर्रेले १८.१ ओभरमा ४ विकेट गुमाएर १३२ रन बनाएको थियो। उसका लिटन दासले ५९ रनको अर्धशतकीय इनिङ्स खेले।
कप्तान इफ्तिकर अहमेद ३८ रनमा अविजित रहे। जितसँगै सर्रे ८ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
