सबैभन्दा बढी सुनसरी जिल्लामा तीन हजार ४८६ जनामा डेंगीको संक्रमण देखिएको छ।
काठमाडौँ– डेंगी भाइरसको संक्रमण पाँच हजारभन्दा बढीमा देखिएको छ। तीमध्ये आधा जति सुनसरी जिल्लामा देखिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीका अनुसार गत पुसयता मात्र पाँच हजार ५८८ जनामा संक्रमण देखिएको छ। सबैभन्दा बढी सुनसरी जिल्लामा तीन हजार ४८६ जनामा डेंगीको संक्रमण देखिएको छ।
उनले लगातार परिरहेको पानीले गर्दा र सरसफाइमा ध्यान नदिँदा संक्रमण दैनिक बढिरहेको बताए। यही साउन १० गते चार हजार ६१९ जनामा देखिएको संक्रमण त्यसपछिको पाँच दिनमा त्यो संख्या बढेर पाँच हजार ६८८ मा पुगेको छ।
डेंगी पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्छ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेंगी रोग लाग्दछ।
यसपटक कोशी प्रदेशमा संक्रमण बढेको पाइएको छ। कोशी प्रदेशमा तीन हजार ८२१, बागमती प्रदेशमा ९६२, गण्डकी प्रदेशमा ३५७, सुदूरपश्चिम प्रदेशमा ३२५, लुम्बिनी प्रदेशमा १७०, कर्णाली प्रदेशमा २७ र मधेश प्रदेशमा २६ जनामा संक्रमण देखिएको छ।
१० जिल्लामा बढी संक्रमण
नयाँ देखिएका बिरामीमध्ये चार हजार ९३९ (८७ प्रतिशत) बिरामी १० जिल्लाका रहेका छन्।
सबैभन्दा बढी सुनसरी जिल्लामा तीन हजार ४८६, धादिङ ६५५, कास्की २०८, दार्चुला १९१, काठमाडौँ ९६, संखुवासभा ७५ जना, म्याग्दी ५८, मोरङ ५७, कञ्चनपुर ५७ र झापा ५६ जनामा डेंगीका बिरामी भेटिएका छन्।
नेपालमा पहिलो पटक सन् २००४ मा एक जनामा डेंगी देखिएको थियो। मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ।
यस्तै, सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढंगले पाल्न र घरवरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन आग्रह गरेको छ।
पुसयता डेंगी संक्रमणबाट चार जनाको मृत्यु भएको छ। अहिलेसम्म डेंगी संक्रमण ७० जिल्लामा पुगेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
