प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले भ्रष्टाचारविरुद्ध लडाइँ शुरू गरेपछि गठबन्धनमा फाटो पार्ने कसरत भइरहेको बताए।
काठमाडौँ– प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार र तस्करीविरुद्धको अभियान नरोकिने र थप फाइल खोल्दै जाने बताएका छन्।
आइतबार समाजवादी मोर्चामा आबद्ध पार्टी निकटका विद्यार्थी संगठनहरूले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सरकारले भ्रष्टाचार, तस्करी, राज्यको सम्पत्ति दोहन, शोषण र बेथितिविरुद्ध ‘जेहाद’ छेडिरहेको र यो कदम निरन्तर अगाडि बढ्ने बताएका हुन्।
“जसरी अहिले भ्रष्टाचारविरोधी या राज्यका सम्पत्ति व्यक्तिले दोहन गर्ने, शोषण गर्ने जो बेथितिविरुद्ध या तस्करीविरुद्ध एउटा जेहाद छेडिएकै छ। म तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु, यो कदम यहीँ रोकिनेवाला छैन। यो कदम निरन्तर अगाडि बढ्नेवाला छ,” उनले भने।
प्रधानमन्त्री दाहालले आगामी दिनमा भ्रष्टाचारका अरू फाइल खुल्दै जाने बताए। उनले सरकारले थालेको यस लडाइँमा आमजनताको पनि साथको आवश्यक रहेको बताए। “ग्राउन्डमा समर्थन प्राप्त नभईकन, एक्लै सरकार वा प्रधानमन्त्रीले मात्रै जितिने लडाइँ यो होइन। आमजनता पनि साथ भएपछि मात्रै यो ब्याटल हामीले जित्नेछौँ,” उनले भने।
प्रधानमन्त्री दाहालले सरकारले भ्रष्टाचारविरुद्ध लडाइँ शुरू गरेपछि गठबन्धनमा फाटो पार्ने कसरत भइरहेको बताए। उनले समाजवादी मोर्चाका नेताहरूका बीचमा पनि भ्रम सिर्जना गर्ने र आशंका उत्पन्न गर्ने षड्यन्त्र भइरहेको भन्दै आफूहरू एकताबद्ध भएर षड्यन्त्रलाई परास्त पार्ने बताए। उनले मोर्चामा विश्वासको धरातललाई अझ बलियो बनाउँदै अगाडि बढ्ने उल्लेख गरे।
प्रधानमन्त्री दाहालले मंगलबार बस्ने मन्त्रिपरिषद् बैठकले संघीय शिक्षा ऐन पारित गरेर संसद्मा पठाउने बताए। ऐनले शिक्षा क्षेत्रका समस्याहरूलाई समाधान गर्ने उनको भनाइ छ। उनले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्ष पनि मंगलबारसम्ममा नियुक्त हुने बताए।
उनले शिक्षा क्षेत्रमा खाली रहेका ठाउँहरूमा पदपूर्ति गर्ने आश्वास दिए। समाजवादी शिक्षाको शुरूआत गर्ने नयाँ प्रक्रिया अगाडि बढाइने उनको भनाइ थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
