प्रधानमन्त्री दाहालले सरकारले भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा चालेको कदमले जनतामा आशासहितको नयाँ राष्ट्रिय एकता र समुन्नतिको जग खडा हुँदै गएको बताएका छन्।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा गरेका महत्त्वपूर्ण कामहरूले जनतामा नयाँ आशाको रक्तसञ्चार गराएको बताए।
प्रधानमन्त्री दाहालले सरकारले पछिल्लो समय गरेका भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा चालेको कदमहरूले जनतामा नयाँ आशासहितको नयाँ राष्ट्रिय एकता र समुन्नतिको जग खडा हुँदै गएको बताएका हुन्।
आइतबार काठमाडौँमा आयोजित स्वर्गीय माधवप्रसाद मरहट्ठाको स्मृतिमा लेखिएको पुस्तक ‘माधव सर’को लोकार्पण कार्यक्रममा बोल्दै उनले सात महिनाको अवधिमा सरकारले हासिल गरेका उपलब्धिहरूले इमानदार भएर क्रियाशील रहँदा जस्तासुकै चुनौती छिचोलेर पनि अघि बढ्न सकिन्छ भन्ने विश्वास आफूलाई दिएको बताए।
“पछिल्लो समय भ्रष्टाचारका विरुद्ध र सुशासनको पक्षमा महत्त्वपूर्ण प्रयासहरू गरिएका छन्। यसले जनतामा नयाँ आशाको रक्तसञ्चार गरेको छ,” उनले भने, “नयाँ राष्ट्रिय एकता र समुन्नतिको जग खडा हुँदै छ। यस सन्दर्भमा सरकारको भ्रष्टाचारविरोधी अभियानमा दृढताका साथ सहयोग र ऐक्यबद्धता व्यक्त गर्नुहुने आमजनसमुदायमा आभार पनि व्यक्त गर्न चाहन्छु।”
प्रधानमन्त्री दाहालले सरकारले नेपालको वाम–लोकतान्त्रिक आन्दोलनको मर्म र भावनाअनुसार नेपाली जनताको दैनिक जीवन र अवस्था बदल्ने जमर्को गरिरहेको पनि बताएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
