भ्रष्टाचारमा जुनसुकै राजनीतिक दल, परिवार तथा ओहोदाका व्यक्ति संलग्न भए पनि कारबाही गर्ने गृहमन्त्री श्रेष्ठको दाबी छ।
काठमाडौँ– उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार, बेथिति र ठगी प्रकरणमा संलग्नलाई कारबाहीको दायरामा ल्याइने बताएका छन्।
गोकर्णेश्वरको जगडोलस्थित राष्ट्रिय शहीद तथा शान्ति उद्यानमा शनिबार आयोजित कार्यक्रममा उनले भ्रष्टाचारमा जुनसुकै राजनीतिक दल, परिवार तथा ओहोदाका व्यक्ति संलग्न भए पनि कारबाही गरिने दाबी गरे।
सरकारले सुशासनलाई पहिलो सर्त बनाएको र सुशासनबिना समृद्धिको यात्राले फड्को मार्न नसक्ने उनको भनाइ थियो। “भ्रष्टाचार, बेथिति र ठगी विरोधी अभियान रोकिँदैन,” उनले भने, “जुनसुकै राजनीतिक पार्टी, परिवार, व्यापारिक घराना र नाता सम्बन्धका हुन्। कसैसँग सरकारलाई मतलब छैन। अनुसन्धानका आधारमा दोषी देखिन्छ भने कारबाहीको दायरामा ल्याइन्छ।”
मुलुकमा सुशासन स्थापना गर्न सरकारले चालेको भ्रष्टाचारविरुद्धको अभियानमा साथ दिनसमेत उनले आग्रह गरे। “जनता अब देशमा केही हुन्छ भन्नेमा आशावादी छन्,” उनले भने, “भ्रष्टाचारविरुद्धको अभियानको विपक्षमा उभिनेका सम्बन्धमा सचेत हुनुपर्छ।”
राजनीतिक दलका नेता कार्यकर्ता तथा राज्यका निकायले शहीदलाई सम्झेर आफूलाई सच्याउनुपर्ने उनले बताए। “मजदुर, किसान, महिला, दलित र पिछडिएका क्षेत्रका जनता, सबै सीमान्तकृत समुदायले परिवर्तनको लाभ प्राप्त गर्यौँ भन्ने अनुभूति दिलाउनुपर्छ,” उनले भने, “यो परिवर्तनको रक्षा जनताले नै गर्ने अवस्था हामीले बनाउनुपर्छ।”
गृहमन्त्री श्रेष्ठले सामाजिक र आर्थिक रूपान्तरणको प्रक्रियालाई तीव्र पारेर त्यसको प्रतिफल नागरिकले सहजै प्राप्त गर्ने वातावरणको सिर्जना गर्नु राजनीतिक दलको दायित्व भएकोमा जोड दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
