नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध

शनिबार बिहान १ बजे सोही स्थानमा खसेको पहिरो पन्छाएर ३ बजेदेखि सडक सञ्चालनमा ल्याइएको थियो। 

फाइल तस्वीर

चितवन– नारायणगढ–मुग्लिन सडक खण्ड पुनः अवरुद्ध भएको छ। यस सडकखण्डको कालीखोलामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी विजयराज पण्डितका अनुसार शनिबार बिहान ७ बजे इच्छाकामना गाउँपालिका–६ कालीखोलामा पहिरो खसेपछि आवागमन अवरुद्ध भएको हो।

जसका कारण सो सडक भएर गुड्ने सवारी साधन र यात्रु अलपत्र परेका छन्। पहिरो पन्छाउने काम भइरहेको प्रहरीको भनाइ छ।

शनिबार बिहान १ बजे सोही स्थानमा खसेको पहिरो पन्छाएर ३ बजेदेखि सडक सञ्चालनमा ल्याइएको थियो।

पहिरोका कारण यो सडकखण्ड पटकपटक अवरुद्ध हुँदै आएको छ।