विशेष अदालतले फैसला गरेका १२४ वटा मुद्दामा चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदनका लागि दर्ता गरेको अख्तियारले जनाएको छ।
काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालु आर्थिक वर्षमा विशेष अदालतबाट फैसला भएका १२४ वटा मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।
आयोगले मंगलबार पत्रकार–प्रवक्ता भेटघाट कार्यक्रम गर्दै चालु आर्थिक वर्ष २०७९/०८० मा विशेष अदालतले फैसला गरेका १२४ वटा मुद्दामा चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदनका लागि दर्ता भएको जानकारी दिएको हो।
कार्यक्रममा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले चालु आर्थिक वर्षमा विशेष अदालतबाट १६३ वटा मुद्दाको फैसला प्राप्त गरेकामा २० वटा मुद्दामा मात्रै सफलता प्राप्त भएको बताए। उनले त्यसमध्ये १२४ वटा मुद्दामा आयोगको चित्त नबुझेका कारण पुनरावेदनमा गएको स्पष्ट पारे। १८ वटा मुद्दामा भने आयोगसँग पर्याप्त प्रमाण नपुग्ने भएकाले पुनरावेदन नगर्ने निर्णय भएको उनले बताए।
प्रवक्ता भण्डारीले आयोगले २४ वटा मुद्दामा पुनरावेदन जानेगरी काम गरिरहेको र ती मुद्दाको फैसला प्राप्तिका लागि कुरेको बताए। उनले अघिल्लो आर्थिक वर्षको दुईवटा मुद्दा पनि पुनरावेदन गरेको जानकारी दिए। ती मुद्दा सामाजिक सुरक्षाभत्ता हिनामिना र गैरकानूनी सम्पत्ति आर्जनको रहेको उल्लेख गरे।
पुनरावेदनमा गएका १२४ वटा मुद्दामध्ये गलत प्रतिवेदनका दुईवटा, झुटा बिल भरपाइका दुईवटा, घुस/रिसबतका ११२ वटा, नक्कली बैंक ग्यारेन्टीको एउटा, जग्गाधनी स्रेस्ता सच्याएको एउटा र राजस्व चुहावटको एउटा रहेको उनले जानकारी दिए। त्यसैगरी, सार्वजनिक पुल निर्माणको एउटा र गुणस्तरहीन सामान खरिदको एउटा रहेको उनको भनाइ छ।
प्रवक्ता भण्डारीले गत आर्थिक वर्षमा विशेष अदालतबाट १४८ वटा मुद्दाको फैसला प्राप्त गरेकोमा ५७ वटामा मात्र सफलता प्राप्त गरेको पनि जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
