कोशी प्रदेश प्रमुख परशुराम खापुङले मंगलबार ५ बजेभित्र प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका छन्।
काठमाडौँ– कोशी प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका छन्। उनले कोशी प्रदेशको मुख्यमन्त्रीका लागि चार दिनभित्र दाबी पेश गर्न शुक्रबार आह्वान भएका हुन्।
शुक्रबार कोशी प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्र कुमार श्रेष्ठले जारी गरेको विज्ञप्ति नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम कोशी प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थन बहुमत प्राप्त गर्न सक्ने कोशी प्रदेशसभाको सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न भनिएको छ।
“...कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति गरी कोशी प्रदेश सरकार गठन गर्ने प्रयोजनका लागि मिति २०८०/४/१६ गते मंगलबार अपराह्न ५ बजेभित्र आफ्नो दाबी पेश गर्न कोशी प्रदेशका माननीय प्रदेश प्रमुख परशुराम खापुङज्युले आह्वान गर्नुभएको छ,” विज्ञप्तिमा भनिएको छ।
सर्वोच्च अदालतले गत असार २१ गते भएको मुख्यमन्त्री नियुक्त प्रक्रियालाई उत्प्रेषणको परमादेशले बदर गरिदिएपछि प्रदेशको मुख्यमन्त्री नियुक्तिका लागि पुनः प्रक्रिया थालिएको हो।
पूर्ण इजलासले ‘जुन बिन्दुबाट संविधानको प्रयोग र पालनामा त्रुटि भएको हो सोही अवस्थाबाट संविधानसम्मत तवरले प्रक्रिया अगाडि बढाउन मनासिब हुने देखिएको हुँदा मिति २०८०/४/१७ गतेभित्र नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभाको बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई मुख्यमन्त्री गर्नू’ भन्ने परमादेश जारी गरेको थियो।
असार २१ गते सभामुखको समेत हस्ताक्षर प्रयोग गरेर असंवैधानिक रूपमा कांग्रेस नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गरेको भन्दै निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए।
प्रदेश प्रमुख खापुङलाई प्रतिवादी बनाइएको रिट निवेदनमा एमाले नेता कार्कीले नेपाली कांग्रेस संसदीय दलका नेता थापाको मुख्यमन्त्री नियुक्त प्रक्रिया बदर गर्दै आफूलाई सरकारको नेतृत्व गर्ने अवसर दिलाउन माग गरेका थिए।
संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री नियुक्त हुने नै भएकाले रिट निवेदक कार्कीको मागबमोजिम अहिले नै कार्कीलाई नै “सरकारको नेतृत्व गर्ने अवसर दिनु दिलाउनु भनी” रिट आदेश जारी गरिरहन नपर्ने आदेशमा उल्लेख छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
