राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले युवापुस्तालाई नेतृत्वदायी भूमिकामा ल्याउन आफूले पहलकदमी लिँदै आएको जिकिर गर्दै त्यसलाई निरन्तरता दिइरहने प्रतिबद्धता व्यक्त गरेका छन्।
काठमाडौँ– राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले वर्तमान राजनीतिक नेतृत्व मुलुकको अवस्था परिवर्तन गर्नमै अलमलिएको बताएका छन्।
अध्यक्ष तिमिल्सिनाले निरंकुशताका अनेक जन्जालहरूलाई तोड्दै वर्तमान र यसअघिका राजनीतिक नेतृत्वले सुन्दर संघीय लोकतान्त्रिक गणतन्त्र नेपालजस्तो शासन व्यवस्था ल्याउन महत्त्वपूर्ण योगदान दिए पनि नेपाली जनताको अवस्था परिवर्तन गर्न भने नसकेको तथ्य औँल्याएका हुन्।
‘योङ प्रोफेशनल फेलोसिप नेपाल–२०२३’ ले शुक्रबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा उनले आफूहरू र अघिल्लो पुस्ताको जीवन मुलुकको व्यवस्था परिवर्तनको आन्दोलनमा बितेको उल्लेख गर्दै अब युवापुस्ताले मुलुकको अवस्था परिवर्तन गर्ने कामको जिम्मेवारी लिनुपर्ने बताए। नेपाल स्वर्गजस्तो भएको र त्यसको अवस्था परिवर्तनको जिम्मेवारी युवापुस्ताले लिनुपर्ने अध्यक्ष तिमिल्सिनाको भनाइ थियो।
“हामीले निरंकुशताका अनेक जन्जालहरूलाई चुँड्दै आजको यो सुन्दर संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नेपालमा हामी प्रवेश गर्न पाएका छौँ। यो म र मभन्दा अघिल्लो पुस्ताको अत्यन्तै ठूलो योगदान र देन हो। तर व्यवस्थामा परिवर्तन गरेर पनि अवस्था परिवर्तन गर्ने कुरामा अलमलिएका छौँ। रुमलिएका छौँ। यसकारण यो रुमलिएकोलाई युवाहरूले चिर्नु हुनेछ। र, नेपालको अवस्था सुधार गर्ने जिम्मेवारी यहाँहरूको काँधमा छ। यहाँहरूले भविष्यमा नेतृत्व गर्नुहोस्,” उनले भने।
अध्यक्ष तिमिल्सिनाले युवापुस्तालाई नेतृत्वदायी भूमिकामा ल्याउन आफूले पहलकदमी लिँदै आएको जिकिर गर्दै त्यसलाई निरन्तरता दिइरहने प्रतिबद्धतासमेत व्यक्त गरे।
उनले युवापुस्तालाई लागुपदार्थको दुर्व्यसन, सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरूको सिको गर्दै हुने आपराधिक गतिविधिबाट मुक्त राख्दै सुसंस्कृतयुक्त, सभ्य र सहयोगी युवापुस्ता तयार गर्नु आजको अहम् सवाल रहेको समेत बताए।
अध्यक्ष तिमिल्सिनाले युवा पुस्तालाई सूचना र प्रविधि विकाससँग भित्रिएको नकारात्मक प्रभावमा पर्न नदिन पनि सचेत गराउनुपर्ने उल्लेख गरे। उनले विश्वले चाहेको परिवर्तनको संवाहक युवापुस्तालाई बनाउने काममा उत्प्रेरकको भूमिका निर्वाह गराउन सबैको साथ र सहयोग आवश्यक रहेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
