लम्पी स्किन गोरुमा बढी फैलिएपछि धान रोपाइँमा समस्या भएको छ। यसको रोकथाम तथा नियन्त्रणका लागि पालिकाले निःशुल्क खोप प्रदान गरिरहेका छन्।
रामेछाप– जिल्लामा लम्पी स्किनबाट ३८१ पशुचौपाया मरेका छन्। यस रोगबाट २१ हजारभन्दा बढी पशुचौपाया बिरामी परेका छन्।
रामेछाप नगरपालिमा ७५, मन्थलीमा ४०, गोकुलगंगा गाउँपालिकामा १५, खाँडादेवी पाँच, लिखु तामाकोशी १५०, सुनापतीमा ३६ र उमाकुण्डमा ४० गाईगोरु मरेको सम्बन्धित पालिकाको पशु सेवा शाखाले जनाएको छ।
यस्तै, रामेछाप नगरपालिकामा दुई हजार १९०, मन्थलीमा चार हजार, लिखु तामाकोशीमा पाँच हजार २००, गोकुलगंगामा चार हजार, खाँडादेवीमा दुई हजार, उमाकुण्डमा दुई हजार र सुनापतीमा एक हजार ६३५ पशुमा लम्पी स्किन संक्रमण फैलिएको पशु प्राविधिक रोहिणी चापागाईँले जानकारी दिए।
दोरम्बा सैलुङ गाउँपालिकामा भने लम्पी स्किनबाट हालसम्म के कति पशुचौपाया प्रभावित भए भन्नेबारे कुनै तथ्यांक छैन। तथ्यांक संकलनको तयारी भइरहेको यहाँका पशु सेवा शाखा प्रमुख राजेन्द्र ढुंगेलले बताए।
लम्पी स्किन रोकथाम तथा नियन्त्रणका लागि पालिकाले निःशुल्क खोप प्रदान गरिरहेका छन्। निश्चित छुटसहित केही शुल्क लिएर अन्य औषधि वितरण गरिएको स्थानीय पालिकाका पशु सेवा केन्द्रका प्राविधिकले बताएका छन्। रोगबाट किसानले करोडौँ रुपैयाँको क्षति बेहेरेको गोकुलगंगाका पशु सेवा प्राविधिक लोकप्रसाद फुँयालले बताए।
रोगको संक्रमणका कारण दूध उत्पादनमा ह्रास आएको छ। गोरु मरेका कारण तथा बिरामी पर्दा रोपाइँमा समस्या भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
