नेपाली महिला टोलीले चीनको हाङ्झाउमा आयोजना हुने १९औँ एशियाली खेलकुदअन्तर्गत फुटबलमा जापान र भियतनामसँग प्रतिस्पर्धा गर्ने भएको छ।
काठमाडौँ– चीनको हाङ्झाउमा आयोजना हुने १९औँ एशियाली खेलकुदअन्तर्गत फुटबल खेलमा नेपाली महिला टोलीले जापान र भियतनामसँग प्रतिस्पर्धा गर्ने भएको छ।
बिहीबार सार्वजनिक भएको समूह विभाजनअनुसार नेपाल फिफा विश्वकप खेलिरहेको जापान र भियतनामसँगै समूह ‘डी’ मा परेको हो। यो समूहमा साफ विजेता बंगलादेश पनि छ।
नेपालले पछिल्लो पटक बंगलादेशसँग अघिल्लो महिना दुई मैत्रीपूर्ण खेल खेलेको थियो। पहिलो मैत्रीपूर्ण खेल १-१ गोलको बराबरीमा सकिएको थियो। यस्तै, दोस्रो मैत्रीपूर्ण खेलमा भने नेपालले टाइब्रेकरमा बंगलादेशलाई पराजित गर्यो।
यस्तै, नेपालले भियतनामसँग पनि प्रतिस्पर्धा गरिसकेको छ। एएफसी एशियन कप क्वालिफायरको पहिलो चरणका दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको थियो। दुवै खेलमा नेपाल ५–१ र २–० गोलअन्तरले पराजित भएको थियो। करिब १२ वर्षअघि विश्वकप जितेको जापान भने नेपालको नयाँ प्रतिद्वन्द्वी हो।
एशियाली खेलकुदमा महिला फुटबलतर्फ १८ राष्ट्र सहभागी छन्। ती सहभागी १८ राष्ट्रको टोलीलाई पाँच समूहमा विभाजन गरिएको छ। समूह ‘डी’ र ‘ई’ मा ४/४ टोली छन्। अन्य समूहमा भने ३/३ टोली छन्। एशियाली खेलकुद असोज ६ देखि २१ गतेसम्म हुनेछ।
नेपाली टोली: एन्जिला तुम्बापो सुब्बा, अञ्जना रानामगर, उषा नाथ, रेनुका नगरकोटी, सावित्रा भण्डारी, अनिता केसी, अमृता जैशी, गीता राना, हीराकुमारी भुजेल, पूजा राना, विमला विक, निशा ठोकर, समीक्षा घिमिरे, सरू लिम्बू, विमला चौधरी, अनिता बस्नेत, प्रीति राई, दिपा शाही, सविता रानामगर, रश्मीकुमारी घिसिङ, अमिषा कार्की, रेखा पौडेल।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
