सञ्जालले किसानलाई रासायनिक मलको सहज प्रबन्ध गर्न, कृषि बिमाबापतको रकम निकासामा भएको ढिलाइको छानबिन गर्नलगायत माग अघि सारेको छ।
काठमाडौँ– राष्ट्रिय किसान सञ्जालले मुलुकभर पशुमा देखिएको ‘लम्पी स्किन’ रोगलाई महामारी घोषणा गर्न माग गरेको छ। साथै रोगको शीघ्र नियन्त्रण, पशु चौपायामा क्षति पुगेका किसानलाई राहत, क्षतिपूर्ति र बिमाको भुक्तानी दिन पनि सञ्जालले माग गरेको छ।
माग पूरा नभए किसानले चक्काजामलगायतका विरोधका कार्यक्रम गर्ने सञ्जालको चेतावनी छ। सञ्जालका संयोजक नेपाल किसान महासंघका सभापति गणेशचन्द्र तिमिल्सिनाले लम्पी स्किनका कारण देशभरका किसान मारमा परेको बताए।
अखिल नेपाल किसान महासंघका अध्यक्ष डा प्रेम दंगालले हालसम्म उक्त रोगका कारण ५० हजार पशु मरिसकेका र करिब ४० अर्बको क्षति भइसकेको जनाए। नियन्त्रण नभएमा एक खर्बसम्म क्षति हुनसक्ने उनको भनाइ छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका ‘स्टल’लाई प्रक्रियाबमोजिम प्रतिस्पर्धाका माध्यमबाट भाडामा लगाउन पनि माग गरिएको छ। सञ्जालले हरेक दिन समितिको परिसरमा धर्ना दिँदै आएको छ। गत असार २४ गते सञ्जालले कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसाललाई भटेरे ती विषयमा ध्यानाकर्षण गराएको थियो।
यस्तै, किसानलाई रासायनिक मलको सहज प्रबन्ध गर्न, कृषि बिमाबापतको रकम निकासामा भएको ढिलाइको छानबिन गर्नलगायत माग अघि सारेको छ। सञ्जालमा विभिन्न नौ किसान संगठन आबद्ध छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
