मियामीका लागि दुई खेल खेलेका मेस्सीले तीन गोल गर्न सफल भएका छन्। उनी हालै फ्रेन्च क्लब पीएसजी छाडेर मियामी गएका थिए।
काठमाडौँ– लिग्स कपअन्तर्गत बुधबार बिहान सम्पन्न खेलमा खेलमा इन्टर मियामी विजयी भएको छ। मियामीले एट्लान्टा यूनाइटेडलाई ४–० गोलअन्तरले हराएको हो।
मियामीको जितमा लियोनल मेस्सी र रोबर्ट टेलरले समान २/२ गोल गरे। खेलको आठौँ मिनेटमा गोल गर्दै मेस्सीले अग्रता दिलाएका थिए। उनले २२औँ मिनेटमा दोस्रो गोल गरे। फिनिस मिडफिल्डर टेलरले ४४औँ र ५३औँ मिनेटमा गोल गरेका थिए।
हालै फ्रेन्च क्लब पीएसजीबाट मियामी गएका मेस्सीले मियामीका लागि खेलेको दुई खेलमध्ये दुवैमा गोल गरेका छन्। यहाँ उनको गोल संख्या तीन पुगेको छ।
१५ वटा समूह रहेको प्रतियोगितामा इन्टर मियामी समूह ‘जे’मा छ। यस जितसँगै मियामी समूहको शीर्ष स्थानमा उक्लिएको छ।
अघिल्लो खेलमा मियामीले मेक्सिकन क्लब क्रूज एजुललाई २–१ गोलअन्तरले हराएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
