गृह मन्त्रालयले प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई सेवाबाट बर्खास्त भएको छ।
काठमाडौँ– गृह मन्त्रालयले प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई सेवाबाट बर्खास्त भएको छ। भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी गृह मन्त्रालयले मंगलबार केसीलाई सेवाबाट बर्खास्त गरेको हो।
इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत रहँदा केसी निवासबाट ३५ तोला सुनसहित पक्राउ परेका थिए। घटनाबारे छानबिन गर्नका लागि तत्कालीन एसएसपी चन्द्रकुवेर खापुंगको नेतृत्वमा समिति बनाइएको थियो।
समितिले केसीले सुन व्यापारीसँग रितपूर्वक सुन बरामद नगरेको र बदनियत राखेर आफैँले लिन खोजी गम्भीर गल्ती गरेको निष्कर्ष निकाल्दै उनलाई सेवाबाट निष्कासन गर्न एक महिनाअघि सिफारिस गरेको थियो।
प्रहरी प्रधान कार्यालयको सोही सिफारिसका आधारमा गृह मन्त्रालयले केसीलाई सेवाबाट बर्खास्त गरेको हो। केसीलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गरिएको प्रहरी प्रवक्ता (डीआईजी) कुवेर कडायतले बताए। उनले भने ”डीएसपी केसीलाई भविष्यमा सरकारी सेवामा अग्योग्य नठहरिने गरी सेवाबाट हटाइयोको छ। निर्णय आजैबाट लागू भएको छ।”
बुटवलका सुन व्यापारीबाट सुन बरामद गरी सो घटनाका बारेमा मुद्दाको प्रक्रिया नचलाई उक्त सुन आफैँसँग राखेको सूचनापछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले केसीलाई पक्राउ गरेको थियो। सीआईबीको टोलीले उनको साथबाट ८ लाख ५० हजार नगद रुपैयाँ र ९ लाख ५० हजार रुपैयाँको चेकसमेत बरामद गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
