तिनाउ नदीमा आएको बाढीका कारण रुपन्देहीका तटीय क्षेत्रका बस्ती प्रभावित हुने जोखिम बढेको छ। नदी किनार क्षेत्रमा नगर प्रहरीले माइकिङ गर्दै सावधानी र सतर्कता अपनाउन आह्वान गरेको छ।
लुम्बिनी– लुम्बिनीका विभिन्न जिल्लामा परेको भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ।
रुपन्देही, पाल्पा, नवलपरासी, प्युठान र आसपासका स्थानमा गएराति देखि नै भारी वर्षा भइरहेको हो। तिनाउ नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रका बस्ती प्रभावित हुनसक्ने जोखिम बढेको जनाइएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार तिनाउ नदी बाढीमापन केन्द्र बुटवलमा जलसतह खतरा तहभन्दा निकै माथि पुगेको र यो क्रम बढ्दो छ। त्यसैले बाढीको उच्च जोखिम हुने स्थान तिनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुनसक्ने होचा स्थानका बासिन्दालाई अपराह्नसम्म सुरक्षित स्थानमा रहन सूचना प्रवाह गरिएको छ।
नदी तटीय क्षेत्रमा बसोबास गर्ने तथा यात्रामा निस्किनेलाई सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।
बुटवल मजुवास्थित तिनाउ नदीमा मंगलबार बिहान दाउरा खोज्न र माछा मार्न गएका पाखापानीका मीनबहादुर गाहा र दानव नदीमा फसेका अर्का एक पुरूषलाई नगर प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा सकुशल उद्धार गरिएको छ।
तिनाउमा नदीको सतह बढेकाले दाउरा, माछा मार्ने उद्देश्य वा खोला हेर्ने उद्देश्यले नजान बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले बताए। नदी किनारमा विपद्को टोली र नगर प्रहरी खटाएर सावधानी अपनाइएको छ। नदी किनार क्षेत्रमा नगर प्रहरीले माइकिङ गर्दै सावधानी र सतर्कता अपनाउन आह्वान गरेको छ।
यस्तै, सैनामैना–८ रामापुरमा स्थानीय शङ्खमुनि थारुको घर र सोही वडास्थित सतचिन्तन प्रतिष्ठान भवन डुबानमा परेका छन्। स्थानीय इनगुरिया नदीमा आएको बाढीले घर तथा प्रतिष्ठान भवन डुबाएको हो। सैनामैना–८ का वडाध्यक्ष बुद्धिराम चौधरीको नेतृत्वमा इलाका प्रहरी कार्यालय सालझण्डीको प्रहरी टोली र स्थानीय संयुक्त रूपमा उद्धारमा जुटेका छन्। हालसम्म मानवीय क्षति नभएको स्थानीय नागरिक अगुवा लेखनाथ गैरेले जानकारी दिए।
यसैगरी, भारी वर्षाका कारण दाङका राप्ती र बबई नदीमा बाढी आउन सक्ने खतरा रहेको जनाउँदै सतर्क रहन अनुरोध गरिएको छ। दाङको बगासोगी, लालमटिया, घोराही, शुक्रबारे, भालुवाङ, लमही, रातामाटा र प्यूठानको विजुवार, मारीखोला, हंसपुर र आसपासका धेरै स्थानमा भारी वर्षा भएको छ।
दाङ र प्युठानका खहरे खोलामा समेत बाढी आउन सक्ने भएकाले दिउँसोसम्म सतर्क रहन आग्रह गरिएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
