कालिखोलामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी विजयराज पण्डितका अनुसार पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड भएर चल्ने सवारीसाधन दुईतर्फी नै रोकिएका छन्।

फाइल तस्वीर

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डको कालिखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।

इच्छाकामना गाउँपालिका–४ स्थित कालिखोलामा मंगलबार बिहान पहिरो खसेको हो। जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी विजयराज पण्डितका अनुसार सो सडकखण्ड भएर चल्ने सवारीसाधन दुईतर्फी नै रोकिएका छन्।

“पहिरो पन्छाउने क्रम शुरू गरिएको छ। पानी परिरहेकाले कति समय भन्न सक्ने अवस्था छैन,” उनले भने।