विश्वकपमा अर्जेन्टिनाको पहिलो खेल नोभेम्बर २२ मा साउदी अरबविरूद्ध हुँदैछ।
काठमाडौं– फिफा कतार विश्वकप २०२२ शुरू हुन केही दिन मात्रै बाँकी रहँदा अर्जेन्टिनाको टोली चोटसँग जुधिरहेको छ।
टोलीका स्टार फरवार्ड लिओनल मेस्सी पनि विश्वकपअघि नै घाइते भएका छन्। मेस्सीअघि एन्जेल डि मारिया र पाउलो डिबेला पनि घाइते भएका थिए। यस्तो अवस्थामा अर्जेन्टिनाको टोलीलाई विश्वकपमा समस्यामा पर्न सक्ने देखिएको छ।
कतारमा हुने विश्वकप मेस्सीको पाँचौं हुनेछ। यो उनको अन्तिम विश्वकप पनि हुन सक्छ। यस्तो अवस्थामा मेस्सी आफ्नो टोलीलाई विश्व च्याम्पियन बनाउन चाहन्छन्।
आइतबार भएको पेरिस सेन्ट जर्मेन (पीएसजी) र लोरिएन्टबीचको खेलमा मेस्सी खेलेका थिएनन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार उनको खुट्टाको मांसपेशी सुन्निएको थियो। जसका कारण उनी खेलमा सहभागी भएनन्। तर, पीएसजीले विज्ञप्ति जारी गर्दै मेस्सीको चोट गम्भीर नभएको बताएको छ।
विश्वकपअघि मेस्सी राम्रो लयमा छन्। यो सिजन उनले आफ्नो टोलीका लागि १२ गोल गरेका छन् भने १४ गोलमा योगदान दिएका छन्। विश्वकपमा अर्जेन्टिनाको पहिलो खेल नोभेम्बर २२ मा साउदी अरबविरूद्ध हुँदैछ। अर्जेन्टिनाका दुई प्रमुख खेलाडी डि मारिया र डिबोला पहिले नै घाइते भएकाले यी दुवै खेलाडीको विश्वकप खेल्ने सम्भावना निकै कम छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
