गृहमन्त्री श्रेष्ठले धनीलाई एउटा, गरिबलाई अर्कै कानूनी कारबाही हुने कुरा सरकारलाई सह्य नरहेको उल्लेख गर्दै कानून सबैका लागि बराबर हुने बताए।
काठमाडौँ– उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र अनियमिततामा सरकारले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने बताएका छन्। सोमबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अनुसन्धानले तथ्य, प्रमाणको आधारमा पुग्नुपर्ने ठाउँसम्म पुगेर कारबाही गर्ने बताएका हुन्।
मन्त्री श्रेष्ठले राजनीतिक क्षेत्रका नेताहरू दोषी देखिइसकेपछि नियन्त्रणमा लिई कारबाहीको प्रक्रिया अघि बढाउँदा सोही पार्टीका अन्य नेताहरूले विरोध गर्ने, व्यवसायी, कर्मचारीहरूले पनि आफूलाई कारबाही गर्नु हुँदैन भनेर विरोध गर्ने परम्पराको विकास हुँदै गएको बताए।
उनले सरकार कुनै पनि हालतमा अपराधीलाई छुट दिने पक्षमा नरहेको र प्रमाणसँगै सबै दोषीलाई कारबाही हुने प्रतिबद्धता जनाए। उनले अपराधमा संलग्नलाई प्रमाणले भ्याएसम्म कारबाही हुने बताए।
“अनुसन्धानले तथ्य, प्रमाणको आधारमा जहाँसम्म जानुपर्ने गरी दोषीलाई फेला पार्न अघि बढ्छ। दोषी र अपराधीलाई छोड्ने काम हुँदैन। निर्दोष फस्ने काम नहोस्, दोषी र अपराधीहरू छुट्ने काम नहुन्। त्यो दृष्टिकोणको आधारमा प्रहरीलाई स्वतन्त्र र निष्पक्ष अनुसन्धानको प्रक्रिया अघि बढाउन निर्देशन छ,” उनले भने।
मन्त्री श्रेष्ठले धनीलाई एउटा, गरिबलाई अर्को कानूनी कारबाही हुने कुरा सरकारलाई सह्य नरहेको बताउँदै कानून सबैका लागि बराबर हुने बताए।
“धनीलाई एउटा, गरिबलाई अर्को, विपन्नलाई एउटा सम्पन्नलाई एउटा कानून म मान्दिन, सरकारले त्यसलाई स्वीकार गर्न सक्दैन, राजनीतिक नेताहरूलाई एउटा कानून अनि राजनीतिमा नरहेकालाई अर्को कानून हनु सक्दैन। कानून सबैका लागि समान हुन्छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
