सर्वोच्चका न्यायाधीशद्वय शुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासले कोशी प्रदेश सरकार गठनविरुद्ध परेको रिटलाई पूर्ण इजलासमा पठाउने आदेश दिएको छ।
काठमाडौँ– कोशी प्रदेशमा मुख्यमन्त्री चयन विवादको अब पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ।
कोशी प्रदेश सरकार गठन असंवैधानिक भएको भन्ने प्रश्न उठाउँदै दायर रिट निवेदनमा सर्वोच्चका न्यायाधीशद्वय शुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासले पूर्ण इजलासमा पेश गर्न आदेश दिएको हो। विषयवस्तु हेर्दा जटिल कानूनी प्रश्न समावेश भएकाले रिटलाई पूर्ण इजलासमा पेश गर्नुपर्ने देखिएको आदेशमा उल्लेख छ।
“यसमा प्रस्तुत निवेदनको विषयवस्तु हेर्दा जटिल कानूनी प्रश्न समावेश भएको देखिएको र त्यसको निराकरण पूर्ण इजलासबाट हुन उपयुक्त देखिएकाले सर्वोच्च अदालतको नियमावली, २०७४ को नियम २३(२) (ग) बमोजिम मिति २०८०/४/९ गते पूर्ण इजलासमा पेस गरी पेशी तोकी नियम बमोजिम पेस गर्नू,” आदेशमा भनिएको छ।
सोमबार रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र नहकुल सुवेदीको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी तोकिएको भए पनि न्यायाधीश रेग्मीले आफूले हेर्न नमिल्ने भन्दै अस्वीकार गरेपछि सुनुवाइ हुन सकेन। कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक भएको उल्लेख गर्दै गत असार २२ गते निवर्तमान मुख्यमन्त्री कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
