इटलीका लागि वैकल्पिक खेलाडी किस्टियाना गिरेलीले निर्णायक गोल गरिन्।
काठमाडौँ– इटलीले महिला विश्वकपमा अर्जेन्टिनालाई पराजित गरेको छ।
न्युजिल्यान्डको इडेन पार्कमा सोमबार सम्पन्न समूह ‘जी’को खेलमा इटलीले अर्जेन्टिनालाई १–० गोल अन्तरले पराजित गरेको हो। इटलीका लागि वैकल्पिक खेलाडी किस्टियाना गिरेलीले निर्णायक गोल गरिन्।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर, ८७औँ मिनेटमा क्रिस्टियाले लिसा बोटिनको क्रसलाई गोलमा परिणत गरिन्। अर्जेन्टिनाविरुद्धको खेलमा जिउलिआ ड्रागोनीले डेब्यू गरेकी छन्। उनी विश्वकप खेल्ने कान्छी खेलाडीमध्ये एक हुन्।
उनले १६ वर्ष २ सय ५९ दिनमा विश्वकपमा डेब्यू गरेकी हुन्। गत जुलाइमा उनले इटालीको राष्ट्रिय टोलीमा डेब्यू गरेकी थिइन्।
जितसँगै इटालीले ३ अंक जोडेको छ। इटाली अंक तालिकामा दोस्रो स्थानमा छ। समान अंक भएको स्विडेन शीर्ष स्थानमा छ। स्वीडेनलले दक्षिण अफ्रिकालाई १–० गोल अन्तरले पराजित गरेको थियो।
साउथ अफ्रिका र अर्जेन्टिना अंकविहीन छन्। अब इटालीले स्विडेन र अर्जेन्टिनाले दक्षिण अफ्रिकासँग खेल्ने छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
