नेपाल भ्रमणमा आएका चिनियाँ उच्च नेता भेटघाटमा व्यस्त, प्रधानमन्त्रीसँग भर्चुअल संवाद

तीन दिने भ्रमणमा आएका चिनियाँ कम्युनिस्ट पार्टीका पोलिट ब्यूरो सदस्य युआन जियाजुन आतबार दिनभर भेटघाटमा व्यस्त भए। उनले सोमबार पनि राजनीतिक भेटघाट गर्ने कार्यक्रम छ।

काठमाडौँ- नेपालको तीन दिने भ्रमणमा आएका चिनियाँ कम्युनिस्ट पार्टीका पोलिट ब्यूरो सदस्य युआन जियाजुन आतबार दिनभर भेटघाटमा व्यस्त भए। उनले सोमबार पनि राजनीतिक भेटघाट गर्ने कार्यक्रम छ।

जियाजुनले  आइतबार नै राष्ट्रपति रामचन्द्र पौडेल, कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्कासँग भेट वार्ता गरेका छन्। इटली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भने उनले भर्चुअल संवाद गरेका छन्।

संवाद क्रममा प्रधानमन्त्रीले नेपाल भ्रमणमा रहेका जियाजुनलाई न्यानो स्वागत रहेको आफ्नो सन्देश सुनाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। उनीहरूबीच आइतबार दिउँसो ४ बजे भर्चुअल माध्यमद्वारा भएको छलफलमा आपसी हितका विषयमा कुराकानी भएको बताइएको छ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्रीसमेत रहेका कार्यवाहक प्रधानमन्त्री खड्कासँग भएको भेटमा युआनले आफ्नो भ्रमणको उद्देश्य २०१९ मा राष्ट्रपति सी जिनपिङ नेपाल आएको बेला भएका सहमतिको कार्यान्वयनलाई सफल बनाउनुभएको बताएका थिए। आइतबार नै उनले माओवादी नेताहरूसँग 'डिनर'सहित छलफल गरेका थिए।