अफगानिस्तानको मध्य भागमा मुसलधारे वर्षाका कारण आएको बाढीमा परी मृत्यु हुनेको संख्या २६ पुगेको छ भने ४० जनाभन्दा बढी बेपत्ता भएका छन्।
अफगानिस्तानको मध्य भागमा मुसलधारे वर्षाका कारण आएको बाढीमा परी मृत्यु हुनेको संख्या २६ पुगेको छ भने ४० जनाभन्दा बढी बेपत्ता भएका छन्।
राज्यको विपद् व्यवस्थापन मन्त्रालयका प्रवक्ता शफिउल्ला रहिमीले शुक्रबारदेखि परेको वर्षाका कारण देशभर आएको बाढीबाट २६ जनाको मृत्यु भएको बताए। बाढीका कारण भौतिक सम्पत्ति र खेतबारीमा व्यापक क्षति पुगेको जानकारी रहिमीले दिए।
सरकारका प्रवक्ता जबीहुल्ला मुजाहिदले मैदान वार्दाक प्रान्तको जलरेज जिल्लाको मुख्य विपद् क्षेत्रमा तत्काल सहायता पठाइएको जानकारी दिए।
एशियाको पश्चिमी किनारामा अवस्थित अफगानिस्तानमा वर्षा मौसममा आकस्मिक बाढी आउने गरेको छ। वर्षाका कारण सुख्खा नदी किनारहरूमा भारी वर्षा भेल आउँदा यसबाट ठूलो क्षति हुने गरेको छ।
रहिमीले पत्रकार सम्मेलनमा जलरेजमा शुक्रबारदेखि अहिलेसम्म ६०४ घर पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएको र सयौँ एकड खेतीयोग्य जमिन र बगैँचा नष्ट भएको जानकारी दिए ।
रहिमीका अनुसार विगत चार महिनामा प्राकृतिक प्रकोपसँग सम्बन्धित घटनामा अफगानिस्तानमा २१४ जनाको मृत्यु भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
