उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले बीपी कोइरालाको सिद्धान्तअनुरूप नै अहिलेको संविधानले नागरिकका धेरै अधिकार सुरक्षित गरेको दाबी गरे।
काठमाडौँ– उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकार बीपी कोइरालाको नीतिबाट प्रेरित भई देश र जनताको पक्षमा काम गरिरहेको बताएका छन्।
बीपी स्मृति दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज बिपी संग्रहालय सुन्दरीजलमा आयोजित समारोहमा उपप्रधानमन्त्री खड्काले संविधानमा सुनिश्चित गरिएका नागरिकका सबै अधिकार र सामाजिक न्यायका काम बीपी कोइरालाको सिद्धान्तअनुरूप भएको दाबी गरे।
बीपी कोइरालाले नागरिकलाई अधिकार सम्पन्न बनाउन समय समयमा कठोर निर्णय लिने गरेको स्मरण गर्दै उनले आफूहरूले पनि महत्त्वपूर्ण राजनीतिक निर्णय गर्दा बीपी कोइरालालाई सम्झने गरेको बताए।
बीपी कोइरालाको सिद्धान्तअनुरूप नै अहिलेको संविधानले नागरिकका धेरै अधिकार सुरक्षित गरेको उनको दाबी छ। अब सरकार र राजनीतिक शक्तिले जनतामा थप विश्वास जगाउने गरी काम गर्न सके बीपी कोइरालाप्रति सच्चा सम्मान हुने उपप्रधानमन्त्री खड्काले धारणा राखे।
सो अवसरमा उपप्रधानमन्त्री खड्काले सुन्दरीजल स्थिति बीपी संग्रहालयमा नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलगायतका नेताहरूको सालिकमा माल्यार्पण गर्नु साथै संग्रहालय परिसरमा वृक्षारोपणसमेत गरे।
सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाली माटोमा आधारित राजनीतिक दर्शन स्थापित गर्न बीपी कोइरालाको सोच सान्दर्भिक रहेको बताए। त्यसका लागि बीपीले गरिब किसानका तस्वीर योजना आयोगमा राख्ने प्रणालीको विकास गराएको समेत उनले स्मरण गरे।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले राष्ट्रियताका विषयमा बीपीसँग माओवादीको पनि बिचार मिल्ने धारणा राखिन्। संग्रहालयमा बीपीको जीवनकालमा प्रयोग भएका चिजबिज संग्रह गरिनुपर्ने उनको भनाइ छ।
सो अवसरमा आयोजक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बीपी कोइराला राष्ट्रिय पुरस्कार, २०७९ राजनीतिक दर्शन विधातर्फ कुलबहादुर गुरुङ र ढुण्डिराज शर्मा पौडेल (ढुण्डिराज शास्त्री)लाई संयुक्तरूपमा प्रदान गरेको छ। त्यसैगरी, बीपी कोइराला राष्ट्रिय पुरस्कार, २०७९ साहित्यिक विधातर्फको पुरस्कार देवीप्रसाद रेग्मी र गिरिराज आचार्यलाई संयुक्तरूपमा प्रदान गरिएको छ। पुरस्कारको राशि जनही एक लाख रुपैयाँ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
