चलचित्र लिम्बू समुदायमा श्रीमती फिर्ता ल्याउन संघर्षरत श्रीमान्को कथा प्रस्तुत गरिएको 'जारी' प्रथासँग सम्बन्धित छ।
काठमाडौँ– लिम्बू समुदायको संस्कृतिलाई विषयवस्तु बनाइएको चलचित्र ‘जारी’ प्रदर्शनको सय दिन पूरा भएको छ।
श्रीमती फिर्ता ल्याउन संघर्षरत श्रीमान्को कथा प्रस्तुत गरिएको जारी प्रथासँग सम्बन्धित चलचित्रलाई कथाकार उपेन्द्र सुब्बाले निर्देशन गरेका हुन्।
वैशाख १ गतेदेखि प्रदर्शनरत चलचित्रले शनिबार काठमाडौँ उपत्यकामा रहेका तीन चलचित्र भवन क्यूएफएक्स सिभिल मल, बिग मुभिज र एफक्यूबमा प्रदर्शनको सय दिन पूरा गरेको हो। चलचित्रका कार्यकारी निर्माता मणिराम पोखरेलले यो खुशी शब्दमा व्यक्त गर्न नसकिने बताए।
“सय दिन पूरा गर्ने चलचित्र बन्यो। अहिले चलचित्र भवनको संख्या बढेको समयमा यो सफलता विरलै हो। पर्दामा समुदायको संस्कृतिलाई दर्शकले रुचाए,” उनले भने। चलचित्र विकास बोर्डका अनुसार असार ३१ गतेसम्म ‘जारी’को छ लाख १९ हजार २२१ टिकट बिक्री भएबापत १७ करोड १७ लाख ९९ हजार ग्रस व्यापार भएको छ।
‘कब्बडी’का शृङ्खलामार्फत लेखनमा सक्रिय निर्देशक सुब्बाले आफ्नो समुदायको कथा भन्नुपर्छ भन्ने लागेपछि चलचित्र निर्देशन गरेको बताए। भने, “महिला आँटिला र साहसिला हुन्छन्। स्वाभिमानी छन् र आत्मसम्मान चाहन्छन्। श्रीमती भए भन्दैमा सम्मानबिना बस्दैनन्। उनीहरूको आत्मसम्मानको कथा चलचित्रमा प्रस्तुत गरेको छु।”
चलचित्रमा दयाहाङ राई, मिरुना मगर, विजय बराल, प्रेम सुब्बा, अनिल सुब्बा, रोयदीप, रेखा लिम्बू, कमलमणि नेपाल, पुष्कर गुरुङलगायतले अभिनय गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
