राँगाभैँसीभन्दा गाईगोरुमा लम्पी स्किनको समस्या बढी छ। मृत्युदर इलाममा धेरै भए तापनि प्रभावित पशु पाँचथरमा धेरै छन्। पाँचथरमा ३३ हजार ८७ गाईगोरु र राँगाभैँसी लम्पी स्किनबाट बिरामी परेका छन्।
झापा– महामारीका रूपमा फैलिएको ‘लम्पी स्किन’ रोगबाट कोशी प्रदेशका दुई लाख २५ हजार ४२३ गाईभैँसी संक्रमित भएका छन्। राँगाभैँसीभन्दा गाईगोरुमा रोगको समस्या बढी छ।
लम्पी स्किनबाट शुक्रबारसम्ममा पाँच हजार ४२ गाईभैँसी मरेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरले जनाएको छ। निर्देशनालयका फोकल पर्सन डा. देवकुमार दर्लामीका अनुसार लम्पी स्किनको सङ्क्रमण कोशीका सबै जिल्लामा फैलिएको छ भने इलाम, झापा, मोरङ, पाँचथर, सुनसरी र उदयपुरमा सबैभन्दा बढी क्षति भएको छ।
प्रदेशभर चार हजार ९७९ गाईगोरु र ६१ रागाभैँसी मरेका छन्। ती मध्ये सबैभन्दा बढी इलाममा एक हजार ३८२ गाईगोरु र राँगाभैँसी मरेको निर्देशनालयले जनाएको छ।
झापामा ५०४, पाँचथरमा ४२२, मोरङमा ४८८, उदयपुरमा ३८५, सुनसरीमा ३६२, खोटाङमा २७९, धनकुटामा २७७, संखुवासभामा २८५, ओखलढुंगामा २०२, तेह्रथुममा १४४, ताप्लेजुङमा १७०, भोजपुरमा ८३ र सोलुखुम्बुमा ३५ गाईगोरु र राँगाभैँसी लम्पी स्किनको सङ्क्रमणबाट मरिसकेका छन्।
मृत्युदर इलाममा धेरै भए तापनि प्रभावित पशु पाँचथरमा धेरै छन्। पाँचथरमा ३३ हजार ८७ गाईगोरु र राँगाभैँसी लम्पी स्किनबाट सङ्क्रमित रहेको निर्देशनालयका फोकल पर्सन डा. दर्लामीले जानकारी दिए।
उहाँका अनुसार इलाममा ३१ हजार ३४९, धनकुटामा २१ हजार ५६८, उदयपुरमा २१ हजार १८८, सुनसरीमा १७ हजार ८८६, तेह्रथुममा १५ हजार ९८६, मोरङमा १३ हजार ८९०, संखुवासभामा १३ हजार ४६०, खोटाङमा १२ हजार ९१०, ओखलढुंगामा सात हजार ६९४, ताप्लेजुङमा सात हजार ६२३, भोजपुरमा सात हजार १५२ र सोलुखुम्बुमा ७०५ गाईगोरु र राँगाभैँसीमा लम्पी स्किनको सङ्क्रमण पुष्टि भइसकेको छ।
लम्पी स्किन रोगको सङ्क्रमण रोक्न कोशी प्रदेश सरकारले ११ जिल्लामा पशुमा खोप लगाउने अभियान सञ्चालन गरिरहेको छ। पशु स्वास्थ्य प्राविधिकले गोठमै पुगेर पशुमा खोप लगाइरहेको निर्देशनालयले जनाएको छ।
निर्देशनालयका निमित्त प्रमुख डा पशुपति ढुंगानाका अनुसार कोशी प्रदेशका सबै जिल्लाका एक लाख सात हजार ५१० पशुलाई लम्पी स्किनविरुद्धको खोप लगाइएको छ। धनकुटा, संखुवासभा र भोजपुरमा भने खोप लगाउन बाँकी छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
