सीआईबीले ललिता निवास जग्गा हिनामिना प्रकरणमा तत्कालीन मालपोत कार्यालय डिल्लीबजारका प्रमुख कलाधर देउजालाई पक्राउ गरेको छ।
काठमाडौँ– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ललिता निवास जग्गा हिनामिना प्रकरणमा तत्कालीन मालपोत कार्यालय डिल्लीबजारका प्रमुख कलाधर देउजालाई पक्राउ गरेको छ।
असार १२ गते पक्राउ परे पनि उनी सर्वोच्च अदालतको ‘स्टे अर्डर’ देखाएर थुनामुक्त भएका थिए। तर, शुक्रबार सर्वोच्च अदालतले यसअघिको अन्तरिम आदेश खारेज गरेसँगै सीआईबीको टोलीले देउजालाई पक्राउ गरेको हो।
उनलाई निवासबाटै पक्राउ गरिएको ब्युरोका एसएसपी दिनेश आचार्यले जानकारी दिए। योसहित पक्राउ पर्नेको संख्या २० पुगेको छ। देउजा २०४९ सालमा मालपोत कार्यालयका प्रमुख थिए।
सर्वोच्च अदालतले यसअघि १७ जनालाई ललिता निवास प्रकरणमा पक्राउ नगर्न अन्तरिम आदेश दिएको थियो। देउजा पक्राउ गरेसँगै सीआईबीले यो प्रकरणमा स्टे अर्डर लिएका अन्य १६ जनालाई पनि पक्राउ गर्ने जनाएको छ। त्यसका लागि सीआईबीको टोली परिचालन गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
