तीन वर्षदेखि छिटपुट रूपमा देखापर्दै आएको लम्पी स्किन हाल सुदूरपश्चिममका सबै जिल्लामा फैलिएको छ। सबैभन्दा बढी कैलालीमा दुई लाख ३३ हजार ५०० पशुचौपाया संक्रमित भएका छन्।
महेन्द्रनगर– लम्पी स्किन रोगको संक्रमणबाट सुदूरपश्चिम प्रदेशमा हालसम्म २५ हजार ९९१ पशुचौपाया मरेका छन्।
प्रदेशका नौवटै जिल्लामा छ लाख ३४ हजार ७९९ पशु चौपायामा संक्रमण पुष्टि एको छ। तीन वर्षदेखि छिटपुट रूपमा देखापर्दै आएको लम्पी स्किन हाल सुदूरपश्चिममका सबै जिल्लामा फैलिएको छ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीका प्रमुख डा. हेमराज अवस्थीका अनुसार लम्पी स्किनबाट सबैभन्दा बढी बैतडीमा ११ हजार १८ पशुचौपाया मरेका छन्। पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय दिपायलले पशु सेवा विभागलाई उपलब्ध गराएको तथ्यांकअनुसार प्रदेशमा ६३० पशुचौपायालाई सो रोगविरुद्धको खोप लगाइएको छ।
“तीन वर्षदेखि लम्पी स्किनबाट पशुचौपाया संक्रमित हुँदै आएका छन्,” डा. अवस्थीले भने, “यसवर्ष पहाडी जिल्लामा कडा खालको संक्रमण देखियो।” ‘पोक्स’ भाइरसको संक्रमणबाट हुने लम्पी स्किनबाट सबैभन्दा बढी कैलालीमा दुई लाख ३३ हजार ५०० पशुचौपाया संक्रमित भएको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय डोटीका अधिकृत पुष्करराज नाथले जानकारी दिए।
कैलालीमा १५ हजार बाच्छाबाच्छी, ८३ हजार ३९३ गाई, २१ हजार ३५१ गोरु र एक लाख १३ हजार ३२७ भैँसी यसबाट संक्रमित भएका छन्। कैलालीमा लम्पी स्किनबाट हालसम्म ६५७ पशुचौपाया मरेको तथ्यांक छ।
यसैगरी लम्पी स्किनबाट बझाङमा चार हजार ६२३ पशुचौपाया मरेका छन्। सबैभन्दा कम कञ्चनपुरमा १८ पशुचौपाया सो रोगबाट मरेको तथ्यांक छ। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बैतडीमा प्रमुख गुमानीदत्त पन्तले रोगको नियन्त्रणका लागि पहल भइरहेको जानकारी दिए।
“मन्त्रालय र स्थानीय तहको पहलमा औषधि वितरण गर्ने काम भइरहेको छ। पालिकामार्फत पशुपालक किसानलाई औषधि वितरण गरिँदै छ,” उनले भने, “खोप भने अभाव छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
