राष्ट्रियसभा सदस्य बामदेव गौतमले नेपाली सेना घटाएर त्यसको बजेट देशको विकासमा लगाउने कुराको खण्डन गर्दै प्रतिनिधिसभाको संख्या घटाउन र प्रदेशसभा हटाउँदा उपयुक्त हुने बताए।
काठमाडौँ– राष्ट्रियसभा सदस्य बामदेव गौतमले नेपाली सेनाको संख्या घटाउने प्रस्तावप्रति आपत्ति जनाएका छन्। पूर्वउपप्रधानमन्त्री समेत रहेका गौतमले राष्ट्र र जनतालाई स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार दिलाएको नेपाली सेनाको संख्यालाई घटाउने कुरा उसको अपमानबाहेक केही हुन नसक्ने तर्कसमेत गरे।
बिहीबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले नेपाली सेनाको संख्या कायम राख्दै औद्योगिक र कृषि क्षेत्रको उत्पादन वृद्धिका लागि २ लाख सेना थप गर्नुपर्ने प्रस्तावसमेत गरे।
“नेपाली सेनालाई एक लाख राखिदिनुस्। अर्को दुई लाख सेना निर्माण गरेर देश निर्माण र औद्योगिक क्षेत्र र कृषि उत्पादनको क्षेत्रमा लगाउनुस्। सेनाले गरेर देखाउँछ। र, उसले पाँच वर्षभित्र नेपाललाई आत्मनिर्भर मात्रै होइन, विदेश पठाउने गरी हामीले हाम्रो देशमा उत्पादन बढाउन सक्छौँ।”
उनले गौरव गाथाले भरिएको नेपाली सेना घटाएर त्यसको बजेट देशको विकासमा लगाउने कुराको खण्डन गर्दै प्रतिनिधिसभाको संख्या घटाउन र प्रदेशसभा हटाउँदा उपयुक्त हुने बताए। उनले हालको प्रतिनिधिसभाले राष्ट्रको कार्यकारी चुन्ने प्रणाली रहँदासम्म मुलुकको विकास पनि हुनै सक्ने जिकिर गरे।
सांसद गौतमले पार्टीको केन्द्रीय कार्य समिति बैठक लाइभ गरेको भन्दै कांग्रेसप्रति आभार व्यक्त गर्दै कम्युनिस्ट पार्टीहरूले पनि त्यसबाट सिकेर अघि बढ्नुपर्ने धारणा राखे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
