कस्तो छ आजकाे मौसम?

एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाे जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ।

काठमाडौँ– हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो पहाडी भू-भागमा आंशिक बदली  रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाे विभागले जनाएकाे छ। 

राति भने देशभर आंशिक बदली रहे पनि सामान्यतया मौसम सफा रहने विभागको अनुमान छ।