कांग्रेस केन्द्रीय समितिको बैठक जारी [तस्वीरहरू]

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सानेपामा जारी छ। बैठकमा समसामयिक विषय, राजनीतिक, आर्थिक, सामाजिक, परराष्ट्र र सुशासनसँग सम्बन्धित लगायत १० वटा अजेन्डामा छलफल हुँदै छ।

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक जारी छ। कांग्रेसको पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक दिउँसो १ बजेदेखि शुरू भएको हो। 

बैठकमा अहिले पार्टीका उपसभापति, महामन्त्रीहरूले पार्टीका समसामयिक विषय, राजनीतिक, आर्थिक, सामाजिक, परराष्ट्र र सुशासनसँग सम्बन्धित विषयहरू प्रस्तुत गर्ने कार्य भइरहेको छ।

राष्ट्रवादी अभियानको खाका प्रस्तुत, अनुशासन समितिको प्रतिवेदन पेस गर्ने अजेन्डा पनि रहेको छ। अन्य अजेन्डाहरूमा पार्टीले प्रतिनिधिसभामा खेलेको भूमिकाको सन्दर्भमा संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैठकमा जानकारी गराउने र उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारको गतिविधिहरूका सम्बन्धमा बैठकलाई जानकारी गराउने रहेको छ।

यसअघि सोमबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले विभिन्न अजेन्डा तय गरेको थियो। पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको थियो।

कांग्रेस केन्द्रीय समिति बैठक झन्डै एक वर्षपछि मंगलबार शुरू भएको हो। यसअघि असार २७ गते तय भएको बैठक मंगलबारलाई सारिएको थियो। बैठकको प्रत्यक्ष प्रसारण गरिएको छ।