कांग्रेस केन्द्रीय कार्यसमिति बैठक मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको छ।
काठमाडौँ– एघार महिनापछि बस्न लागेको नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यसमितिको बैठकका लागि दश वटा अजेन्डा तय गरिएको छ। सोमबार सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले मंगलबारदेखि शुरू हुने बैठकका अजेन्डा तय गरेको हो।
बैठकपछि पार्टी महामन्त्री विश्वप्रकाश शर्माले दश वटा अजेन्डा तय गरिएको जानकारी दिए। उनले पहिलो अजेन्डाका रूपमा समसामयिक विषय रहने र त्यसभित्र राजनीतिक, आर्थिक, सामाजिक, परराष्ट्र र सुशासनसँग सम्बन्धित विषयहरूमा छलफल हुने बताए।
त्यसैगरी, सांगठनिक कार्ययोजना र कार्यतालिका प्रस्तुत हुने उनले जानकारी दिए। उनले कार्यसम्पादन समितिले गरेका निर्णयहरू अनुमोदनको प्रस्ताव, निर्वाचन परिचालन समितिको प्रतिवेदन पेस र पार्टीको नीति अधिवेशनसँग सम्बन्धित खाका पनि प्रस्तावित हुने उल्लेख गरे।
केन्द्रीय कार्य समिति बैठकमा विभाग गठनको प्रस्ताव, पार्टीले सञ्चालन गर्ने राष्ट्रवादी अभियानको खाका प्रस्तुत, अनुशासन समितिको प्रतिवेदन पेस गर्ने अजेन्डा पनि रहेको छ।
अन्य अजेन्डाहरूमा पार्टीले प्रतिनिधिसभामा खेलेको भूमिकाको सन्दर्भमा संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैठकमा जानकारी गराउने र उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारको गतिविधिहरूको सम्बन्धमा बैठकलाई जानकारी गराउने रहेको छ।
उनले बैठकको प्रत्यक्ष प्रसारण गर्ने सम्बन्धमा पनि छलफल भइरहेको बताए। कांग्रेस केन्द्रीय कार्यसमिति बैठक मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको छ।
यसअघि असार २७ मा बैठक तय गरिएको थियो। तर, सो दिन प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीताको निधन भएपछि बैठक स्थगित गरिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
