सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी संस्थागत रूपमा श्रम स्वीकृत लिएर वैदेशिक रोजगारी जान लागेका श्रमिकलाई फर्काइए भन्दै अध्यागमन कार्यालयअगाडि विरोध प्रदर्शन गरिएको छ।
काठमाडौँ– श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जान लागेका श्रमिकलाई फर्काइएको विरोधमा अध्यागमन कार्यालयअगाडि प्रदर्शन भएको छ।
वैदेशिक रोजगार ऐन २०६४ अनुसार सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी संस्थागत रूपमा श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा कुवेत, जोर्डन लगायतका विभिन्न देशहरूमा जान लागेका कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयले केही दिनदेखि बिनाकारण फर्काइरहेको भन्दै आइतबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघले विरोध प्रदर्शन गरेको हो।
अध्यागमनले बिनाकारण विदेश जानबाट रोक्ने कदमले व्यवसाय गर्न समस्या हुने भन्दै उनीहरूले विरोध गरेका हुन्। नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले बिनाकारण अध्यागमन विभागले कामदार विदेश जनबाट रोकेका कारण विरोध गर्नुपरेको बताए।
उनले अध्यागमन विभागले नागरिकलाई दिएको दुःख र उनीहरूलाई जान नदिँदा भएको क्षतिपूर्ति नदिएसम्म आन्दोलन जारी राख्ने बताए। उनले अध्यागमनले कामदारलाई विदेश जान नदिए व्यवसाय नै बन्द गर्ने चेतावनीसमेत दिए।
“बिना कारण दुःख दिइएकोमा हाम्रो विरोध हो। हामीले शान्तिपूर्ण आन्दोलन शुरू गरेका छौँ, यदि अध्यागमनले फर्काइरहन्छ भने हामी वैदेशिक रोजगारीमा पठाउने काम केही समयका लागि बन्द गर्नेछौँ,” उनले भने, “यसको जिम्मा लिएर क्षतिपूर्ति नदिएसम्म यहाँको महानिर्देशकले यसको नैतिक रूपमा जिम्मेवारी लिएर छानबिन गरेर कारबाही नगरेसम्म हामी बन्द गर्दैनौँ। कामदारको जुन क्षति भएको छ, त्यसको क्षतिपूर्ति बेहोर्नुपर्छ।”
उनले कुवेत, जोर्डन लगायतका देशमा जान लागेका करिब १९० भन्दा बढी कामदारलाई बिनाकारण अध्यागमनले फर्काएको आरोप लगाए।
आन्दोलनकारीहरूले अध्यागमनमा हुने अनियमितता छानबिन गर्, अध्यागमनबाट श्रमिक फर्काउने कार्य बन्द गर्, वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दुःख दिने काम बन्द गर्, भिजिट भिसामा हुने सेटिङ बन्द गर्, अध्यागमनको ज्यादती बन्द गर्, अध्यागमनका महानिर्देशक राजीनामा दे, व्यवसायीलाई दुःख दिने कार्य बन्द गर् लगायतका प्लेकार्ड बोकेर नारा लगाउँदै विरोध प्रदर्शन गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
