सुडान द्वन्द्व: ओम्दुरमानमा आरएसएफको भीषण आक्रमण

अस्पताललाई निशाना बनाएर गरिएको आक्रमणमा पाँच जनाको मृत्यु र २२ घाइते भएको सुडानी  सेनाले जनाएको छ।

तस्वीर: रासस

सुडानी सशस्त्र बलसँग द्वन्द्वरत अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ)ले ओम्दुरमान शहरमा भीषण आक्रमण गरेको छ।  

अस्पताललाई निशाना बनाएर गरिएको आक्रमणमा पाँच जनाको मृत्यु भएको छ। २२ सर्वसाधारण घाइते भएको सुडानी  सेनाले जनाएको छ। तर, यस सम्बन्धमा आरएसएफले कुनै टिप्पणी नगरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ। 

अस्पतालको आपतकालीन परिसरमा आक्रमण गरेर आरएसएफले अन्तर्राष्ट्रिय मानवीय कानून र युद्धका सबै नियमको उल्लंघन गरेको सरकारले आरोप लगाएको छ। गत अप्रिल १५ देखि सुडानभर सुडानी सशस्त्र सेना र आएएसएफबीच युद्ध जारी छ। 

पछिल्लो आधिकारिक तथ्यांकअनुसार द्वन्द्वका कारण तीन हजारभन्दा बढीको मृत्यु भएको छ। हजारभन्दा बढी घाइते भएका छन्।